आजका रमाइला चुट्किलाहरु Joke of the day

प्रकाशित मिति: २१ मंसिर २०७७, आईतवार १०:२९

रुमा हातमा एउटा कागज बोकेर औषधि पसलको भिंड नहटुन्जेल पर्खिएपछी…

पसले : ‘भन्नुस् त,तपाईँलाई के दिउँ ?

रुमा : ( पट्याएको एउटा कागज दिंदै ) ‘पढिदिनु न !’

पसले : ‘पढी भन्ने कुनै औषधि नै हुँदैन !’

रुमा : ‘मेरो हुनेवाला पतिदेव डाक्टर हो । उनको प्रेमपत्र नबुझेर पढिमाग्न ल्याएको क्या !’

******

रोहन र सोहन कुराकानी गर्दैगर्दा….

रोहन : ‘मेरो बुबा हार्मोनियम बादक हो । वहाँले बजाउन थाल्नु भयो भने कोहि हल्लिदैनन्, सुनेर बस्छन् !’

सोहन : ‘ए, मेरो बुबाले बजाउनु भयो भने त सबै झोला बोकेर दौडिन्छन् !’

रोहन : ‘के बजाउनु हुन्छ र ?’

सोहन : ‘स्कुलमा छुट्टीको घण्टी !’

*******
कसैले ढक्ढक्याएपछि रीता ढोका खोल्छिन र मज्जाले हाँस्न थालेपछी…

पाहुँना : ‘यसरी किन हाँस्यौ नानी ?’

रीता : साँझमा कुनैपनी संकट देखापर्यो कि हाँसेर उडाउनु भन्ने सुनेकी थिए त्यसैले !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com