प्रेमिका भन्दा ठुलो पैसा ठान्ने डाक्टर ! JOke of The day

प्रकाशित मिति: २८ मंसिर २०७७, आईतवार ०९:५१

श्याम : ‘कविजी, कविता लेख्न छोड्नु भयो नि आजकल त ?’

कवि : ‘जसको सम्झनामा कविता लेख्थें उनको विवाह भैसक्यो !’

श्याम : ‘त्यसोभए बिरह रसमा लेख्नुस्, अझै राम्रो हुन्छ !’

कवि : ‘तपाईं कुरै बुझ्नुहुन्न, विवाह नै म संग भयो क्या !’

@@@

प्रेमिका : ‘प्रिय, मोबाइल सेट मेरो मुटु हो, तिमी त्यसको सिमकार्ड हौ !’

प्रेमी : ‘धन्यवाद प्यारी, मेरो खुशीको सिमा नै रहेन !’

प्रेमिका : ‘धेरै खुशी पनि हुनु हुँदैन प्रिय, सिमकार्ड त बेलाबेला बदल्न सकिन्छ !’

@@@

रश्मी : ( छिमेकी साथीसँग ) ‘रमा, के गर्दैछ्यौ ?’

रमा : ‘घर सफा गर्दैछु यार ।’

रश्मी : ‘मेरोमा आउ न त, मिलेर सफा गरौँला !’

@@@

डाक्टर : (आफ्नो पुरानो साथीसँग ) ‘ल हेर, पर उभिएकी मेरी पुरानी गर्लफ्रेण्ड हुन् ।’

साथी : ‘अनि उनिसँग  किन बिहे नगरेको त ?’

डाक्टर : ‘गर्ने थिएँ, तर एउटा समस्या छ !’

साथी : ‘के समस्या भन त ?’

डाक्टर : ‘उनकै घरमा मेरा ५ जना ग्राहक छन्, जो सबै भन्दा बढी फि बुझाउँछन् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com