अख्तियारको जालमा ‘ठूलो माछा’ : सर्प र बिच्छी कहिले ? Headline Humor

प्रकाशित मिति: ३० मंसिर २०७७, मंगलवार १६:१२

देउवाको भाषणको अर्थ : ओली सरकारबाट देशलाई मुक्ति !
पाँचाै पटक आफू प्रम बन्ने जुक्ती !

दीप बस्न्यातमाथि प्रधानमन्त्री निवासको जग्गा ‘ड्राइभर भाइचा’लाई बेचेको आरोप, १३ वर्ष कैद हुनसक्ने
ठूलो माछा च्याप्प, झन् ठूलो माछा पिलित्त !

‘अधिनायकवादी चरित्रले प्रदर्शन गर्न कांग्रेस बाध्य’ – महामन्त्री शशांक कोइराला
अधिनायबादको अन्त्य भनेको हाम्रो सरकार स्थापना हो !

नेकपा झगडाको असर संवैधानिक परिषदमा, सभामुख बैठकमा गएनन्
साँढेकाे जुधाई बाच्छाको मिचाई, कम्युनिस्टको लफडा राष्ट्रको किचाई !

ओली सरकारविरूद्ध प्रदर्शनमा उत्रिएकोमा कांग्रेसलाई बाबुराम भट्टराईको बधाई
‘राजपा काङ्ग्रेस भाइ भाइ – प्रधानमन्त्री मलाई’

नेपालमा संक्रमण दर घटे पनि सरकारसँग पुष्टि गर्ने कुनै आधार छैन
आधार भएपनी भन्न मिलेन किनकी आन्दोलनकारीको बढेर सरकारलाई अप्ठेरो पार्न सक्छन् !

गणतन्त्र र संघीयताका लागि रगत बगाएको मधेसमा ठाउँ खोज्दै राजावादी
राजाबादीलाई ठाउँ दिँदै गणतन्त्रबादी ! क्या कम्बिनेशन छ विपरित ध्रुबको !

भुक्तानी नदिने चिनी उद्योगी पक्राउ गर्ने सरकारको निर्णय – आजको समाचार
पक्राउ हुने उध्योगी छुटाउन मन्त्री सांसदकाे दौडधुप – भोलीको समाचार

सरकारले अध्यादेश ल्याएपछि नेकपामा हंगामा, प्रचण्डको कडा आपत्ति
ओलीले भने : ‘केपीको गाडीमा ब्याक गियर छैन भनेको सुन्नु भएन !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com