पाकिस्तानमा : बलात्कारीलाई नपुंसक बनाउने कानुन, नेपालमा बनाउनेले जानुन् !

प्रकाशित मिति: १ पुष २०७७, बुधबार १३:२२

जोर-बिजोरले सार्वजनिक सवारीमा झन् कोचाकोच
यात्रुको कोचाकोच – कोरोनाको घोचाघोच !

राजीनामा दिन अस्वीकार गरेका प्रमुख सचेतक देब गुरुङ भन्छन् : भिन्न मत राख्नेलाई निषेध गर्न खोजियो
मन मिले चाटाचाट – नमिले काटाकाट ! कम्युनिस्ट काईदा !!

पिसिआर शुल्क बढी लिने चितवन मेडिकललाई १८ लाख, भरतपुर क्यान्सरका निर्देशकलाई ८ लाख धरौटी
जम्मा २६ लाखमा ढुकुटीमा दाखिला भएको कति !

नियोजित अध्यादेशले ओलीको विभाजनकारी मानसिकता पुष्टि गर्‍योः प्रचण्ड
जस्लाई आफ्नो सम्झियौ तिम्ले उही बिरालो भयो !

उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने गृहको निर्णय
पक्राउ गरिएकालाई छोड्न मन्त्रीको दौडधुप !

बाबुरामको प्रश्नः ‘कतै पहिलो राष्ट्रपति पदका हकदार रामराजाको सराप त लागेको हैन ?’
हैन, बाबुरामलाई प्रधानमन्त्रीबाट हटाएको श्राप लागेको होला !

कैलालीमा चोरी भएको ४ घण्टामै मोटरसाइकलसहित चोर पक्राउ
चोरले भन्यो – ‘बाईकले धोका दियो र मात्रै नत्र हेर्या हेर्यै हुन्थ्यौ’

पाकिस्तानले बलात्कारीलाई नपुंसक बनाउने कानुन ल्यायो
कानुनको बारेमा सुनेरै मान्छेले पुंसत्व गुमाउला जस्तो छ । नपुंसक बनाएपछी त सात पुस्तासम्म काम नगर्ने होला ! नेपालमा पनि चाहिन्छ क्या हो !

पुटिनले बाइडेनलाई दिए बधाई, सहकार्य गर्न तयार
ट्रम्पले भने – फेक फ्रेण्ड्सिप !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com