नेपालको कोभिड नीति : अनुमानलाईजेसन एन्ड कन्ट्रोलीकरण ! Headline Humor

प्रकाशित मिति: २ पुष २०७७, बिहीबार १३:१६

‘पार्टीले भन्दावित्तिकै अध्यादेश फिर्ता हुँदैन, नयाँ प्रक्रिया सुरु हुन्छ’ : ईश्वर पोखरेल
बाहुबलिय ब्यवस्थाको उच्चतम नमुना !

ओलीको अडान : ‘प्रचण्डको प्रस्तावमाथि छलफल हुन सक्दैन’
प्रचण्डको प्रश्ताव ओलीको अडान, राजाबादीको जुलुस, गणतन्त्र लडान !

हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै राप्रपाले सडक प्रदर्शन गर्ने
जसको पनि सडकमै प्रदर्शन, सडकको सुरक्षा कसले गर्छन् !

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने
अब शहरियाभन्दा गाउँका विद्यार्थी जान्ने हुने भए, हेप्नी !

ओलीले फेरि गरे वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव
आउ बामदेव आउ, मिलाएर आउ, खाउ कमरेड, बाँडीचुडी खाउ !

पासवर्ड अनुमान गरेरै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर ह्याक
पासवर्ड : Mr.Fake420

ओली र प्रचण्डको व्यक्तित्व खिया परेर धुलिसात् भैसक्यो : कमल थापा,
आफ्नो नाम छुट्यो कि कमलदाई !

कोरोनाभाइरस नेपाल: निश्चित स्थानमा कोभिड-१९ विरुद्ध ‘सामुदायिक प्रतिरोध क्षमता’ बनेको अनुमान
नेपालको कोभिड नीति : अनुमानलाईजेसन एन्ड कन्ट्रोलीकरण

विश्वका सर्वाधिक धनी बेजोसकी पूर्व पत्नीले चार महिनामा ४.२ अर्ब डलर दान गरिन्
‘धन हुनेको मन पनि हुन्छ मन हुनेको धन, दुनियाँलाई झुक्याई हिँड्ने ए चरी भन !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com