प्रचण्डलाई सिंह बनाएँ- टोक्न खोजे, ओलीलाई गोली बनाएँ- ठोक्न खोजे ! Headline Humor

प्रकाशित मिति: २६ पुष २०७७, आईतवार १८:२८

‘जम्मा चार दिन बैठक बसेर सकियो राष्ट्रियसभाको हिउँदे अधिवेशन’
गलत । बैठकमात्र बसेन, सांसदले भत्ता पनि पचाए !

सुर्खेत पुगेर योगेश भट्टराईले भने- ‘केपी ओलीले कम्युनिस्ट एकतामाथि गद्दारी गरे’
‘जसको जुँगा र दाह्री नै छैन, त्यसले कसरी गद्दारी गर्छ ?’ – केपी ओलीले काठमाडौबाट सोधे !

ओलीको प्रश्न : ‘निर्वाचन भन्नेवित्तिकै सातो किन गएको ?’
‘निर्वाचन भई हालेमा निर्वासन जाने अवस्था आउला भनेर’ -प्रचण्डको जवाफ

‘प्रचण्डलाई सिंह बनाएँ, पछि मैलाई खान खोजे’ : प्रधानमन्त्री ओली
‘ओलीलाई गोली बनाएँ, पछि मैलाई ठोक्न खोजे’ -पुष्पकमल दहाल

‘काँग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको एजेण्डासहित जनतामा जान्छ, कसैले रोक्न सक्दैन’ : रामचन्द्र पौडेल
देउवा बाहेक !
‘१५ दिनभित्र माग पुरा नगरे काठमाडौंको फोहोर फ्याक्न नदिने चेतावनी’
फोहोरले भन्यो- ‘ठिक त्यसो भए म कोरोना र हैजासँग सहकार्य गरेर तपाईंको घरघरमै आउँछु !

राष्ट्रपतिले अन्त्य गरिन् राष्ट्रिय सभाको हिउँदे अधिवेशन
खेल तमाम, पैसा खलाँस !

प्रधानमन्त्री ओलीले राष्ट्रियसभा रोष्टमको भूइँमा थुकेपछि‍…
‘आकासतिर थुक्दा आफैंलाई छिटा पर्छ, मिडियालाई त्यतिपनी थाहा छैन ?’ -प्रमका फ्रेस सल्लाहाकार

प्रधानमन्त्रीले सम्बोधन गरेको राष्ट्रियसभा बैठक प्रचण्ड-नेपाल समूहका सदस्यले गरे बहिष्कार
सम्बोधन सकिएपछी बाहिर लबिमै गरे अभिवादन

नेकपा विवाद रोचक मोडमा ! आयोगले विभाजन बदर गर्ने संकेत
वामदेव र आयोगको सहकार्य !

चार पूर्वप्रधानन्यायाधीशको निष्कर्ष : संसद विघटन असंवैधानिक
प्रधानमन्त्रीको निष्कर्ष : ‘धेरै असम्बैधानिक असम्बैधानिक भन्दा त्यो अस्बैधानिक भन्ने शब्द नै बिघटन गर्दिन्छु, अनि थाहा पाउ छौ !’ -ओलिबा

ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द
अन्तिम ट्विट थियो- फाईनल्ली, आई वाज फेक’ !

बाइडनको शपथग्रहणमा नजाने घोषणा गरे ट्रम्पले
फेरि भने- जाउँ कि क्या हाे !

‘होटलमा ढुक्ककासाथ लगानी गर्नुस्’ : परराष्ट्रमन्त्री ज्ञवाली
केही परे सरकारले ब्यहोर्छ, पैसा आफैं ब्यहोर्नोस् !

मोटरसाइकल चोरीमा संलग्न आरोपीको गफ- ‘अब जिप चढिन्छ’
चोर्न चाहानेहरुका लागि मोटिभेसन !

मेगा बैंककी प्रमुख कार्यकारी खुँञ्जेलीको तलब सुविधा ५६ लाख बढ्यो, एक करोड ७० लाख पुग्यो
ल्हासामा सुन छ, ल्याउँ भने थुन्छ !

 

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com