‘ईलाका मेरा धमाका तेरा, जहाँ केरा त्यहाँ डेरा ?’ HowGuZee TV को DNA

प्रकाशित मिति: १ माघ २०७७, बिहीबार १४:४८

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थान
अर्नव गोस्वामीले अन्तर्वार्ता लिने तयारी !

प्रधानमन्त्रीको सहभागितामा बालुवाटारमा मनाइयो योग दिवस
प्रधानमन्त्रीको योग ध्यानको प्रवचन सुनेर योग गुरुहरु हेरेको हेर्यै !

पूर्वराजदूत रे भन्छन्– ‘सीमा विवाद समाधान गर्न वार्ता शुरु गर्नुपर्छ’
यसो गर्यो रे, उसो गर्यो रे, रे का कुरापनी के पत्याउनु !

नेकपामा विवाद भएसँगै सांसदको लेबी काटिन छाड्यो
केन्द्रीय नेतालाई खानपिन खर्चमा मितब्ययी बन्न अध्यक्षको आदेस !

सगरमाथामा भारतको दाबी प्रस्तुत गर्ने जी न्युजको प्रस्टीकरण
भ्रष्टिकरणपछिको प्रष्टिकरण : *गिसक्यो, दैलो देख्यो !

दुई छिमेकीलाई बाबुरामको प्रश्न : ‘केपी ओलीलाई बोक्न खोजेको हो ?’
म पनि त थिएँ नि, मलाईचाहीँ हेप्ता है, न्हि हाउ !

‘अर्थव्यवस्था क्रोनिक बनाउने मुख्यमन्त्री हुन्, जिम्मेवारी मैले पनि लिनुपर्छ’- १ नंबर प्रदेशका आर्थिक मामिला मंत्री इन्द्र आङ्ग्बो
‘मन मिलुन्जेल बाँडीचुडी खाई, टुटेपछि दन्त बजाई’- आजको कमाओवाद !

‘चाहेर पनि मलाई हटाउन सकेनन्, यही हो स्थिरता’ : प्रधानमन्त्री
अझ सधैंभरी सत्तामा रहनु भनेको चाहिँ चीर शान्ती होला !

सरकार अल्पमतमा परेपछि राष्ट्रिय सभाको अधिवेशन अन्त्य
अबिंड फ़ुस्किएको हतियार लिएर लड्दा जितिन्न, भाग् भैरे भाग् !

प्रधानमन्त्रीलाई प्रचण्ड–माधव समूहको चेतावनी : ‘पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याऊ’
प्रचण्ड-माधव समुहलाई प्रधानमन्त्रीको जवाफ : ‘पुर्वप्रधान्न्यायाधिशहरुलाई नउक्साओ’ !

९ करोड २० लाख सदस्यलाई चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नियम- नेतृत्वको निर्णयसँग बाझिने कुरा बोल्न नपाइने
९ लाख सदस्यलाई नेपाल कम्युनिष्ट पार्टीको बेनियम – नेतृत्वलाई बजाउने काममा सक्रिय रहनु पर्ने !

पौडेल बोल्दाबोल्दै बीचैमा देउवाले भने- ‘म पनि ज्युँदै छु’
पौडेलको प्रतिप्रश्न : अझै कहिलेसम्म ?!

ओलीलाई प्रचण्ड–माधवको प्रस्ताव : ‘गल्ती स्वीकार्नुस्, क्याबिनेटबाट प्रस्ताव पास गर्नुस्’
दाहाल नेपाललाई ओलीको जवाफ – ‘पानी उम्लीइ सक्यो, चिसै पानीले भएपनी नुहाउने पुरानो शैली छोड्नुस्’ !

निर्वाचन आयोगलाई प्रचण्ड–माधव समूहको प्रश्न : ‘ओलीलाई के आधारमा अध्यक्ष भनिँदैछ ?’
प्रचण्ड-नेपाललाई निर्वाचन आयोगको जवाफ – ‘लेखेको मात्र भनिन्छ कान्छा, देखेकोलाई गनिन्न ‘

‘नेकपा नाम र सुर्य चिन्ह हाम्रो भएन भने आन्दोलनको अाँधीहुरी ल्याउछौं’ – प्रचण्ड
गोलाकारबाट हँसिया हतौडा बल्यो – भुत्ते भएपनी मलाइ नछोड्नु है, अपराध लाग्ला !

प्रधानमन्त्री निवासमा योग दिवस मनाइयो
चित्तसुद्धी बिना यौगिक बुद्धि पलाउदैन, त्यतापानी ध्यान दिने कि !

सगरमाथा पुगेर अनाधिकृत रिपोर्ट तयार पार्ने भारतीय सुधीर चौधरी कसरी त्यहाँ पुगे ?
प्रश्न कसरी पुगे भन्ने होईन, कसले पुर्यायो भन्ने हो । जसले पुर्यायो, उसैले जवाफ देला । तर सुधीरलाई सिधा कुरा सोध्न सकिन्छ- जिसका जाँड धोक्ना उसिका ढाडमा ठोक्ना ?!

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com