पेट्रोलको भाउसँगै पेटको घाउपनि बढ्न थाल्यो, अब के गर्ने !

प्रकाशित मिति: ६ माघ २०७७, मंगलवार १६:१०

उखु किसान भन्छन्- ‘सरकारले यसपटक पनि झुट बोल्यो’
सरकार भन्छ – ‘किसानले यस पटकपनि गल्ती गरे, हाम्रो आश्वासन पत्याउनु !’

संक्रमित बेलायत फर्किसके, बल्ल पुष्टि भयो भाइरसको नयाँ भेरियन्ट
‘स्वर्ग फर्किसके पछि पत्ता लगाएको त हैन नि ¡’ -प्रभक्ता

‘फागुनदेखि किसानलाई परिचय पत्र दिन्छौं’ – मन्त्री अर्याल
परिचयपत्र रोपेर धान उम्रिने हो र !

पाँच लाख ऋण दिएर ७८ लाख उठाउन खोज्ने मिटरब्याजी पक्राउ
त्यस्तालाई मिटरब्याजी हैन, किलो मिटरब्याजी भन्नुपर्ला !

बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य
सुखी नेपाली, समृद्ध नेपाल ! आम्दानी शून्य, खर्च करोडमा, भ्रष्ट महल जनता रोडमा ! पेट्रोलको भाउ बढ्दा नेपालीको पेटको भाउ घट्यो ।

राजनीतिको रंगमञ्चमा ‘नेकपाको फोहोरी दोहोरी’: प्रचण्डलाई सुधार्न ओलीले सिद्ध्याए स्याम्पु
ओलीलाई सुधार्न प्रचण्डले लगाए तेल हरि ॐ तत्सत अर्थात् यही नै सत्य हो ।

‘खोप कार्यक्रममा गरिब मुलुक छुटे कोरोना महामारी अन्त्य हुँदैन’ : डब्लूएचओ
गरिब मुलुकबाटै प्रयोग शुरु गर्ने कि ! भ्याक्सिन टेस्टपनि हुन्छ !

‘नेपाल र भारतबीच शत्रुता कल्पना पनि गर्न सकिन्‍न’ – भारतीय रक्षामन्त्री सिंह
र, मित्रता पनि अनुभव गर्न सकिन्न !

कोभिडले थप १२ लाख नेपाली गरिबीको रेखामुनि
र, कोभिड कमिसनले थप १२ सय नेपाली सम्पन्नताको बिन्दुमाथी !

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com