ओलीकाे कमेडीले नेपाल-गजुरेल मुर्छा : ‘टेन्डिङ’मा आउन ‘भाईरल’ ‘हेडलाईनकारिता’ !

प्रकाशित मिति: १९ माघ २०७७, सोमबार १२:०४

“किन आएका बिहानै मुन्द्रे मनोजको घरमा ?”

“के खिचडी पकाउँदैछन् गजुरेल र नेपाल ?”


“खिचडी नपकाएर किन चिया पकाईन् गजुरेलकी भाउजुले ?”

“हैट ! के हो यस्तो अचम्म ? ए….चस्मामा धुलो लागेको पो रहेछ !”

“WOW ! …भन्नू पर्ने केही छैन तर…”

“गजुरेल र नेपाल सन्यास लिँद‌ै, कमेडी सत्ता प्रधानमन्त्रीलाई बुझाएर !”

“मनोज र जितु पहिलो पटक …..भेट भएका हैनन् !”

“मनोज गजुरेल फेरि तनावमा……छैनन् तर किन !” हेर्नैपर्ने……केही छैन ।”

“मुन्द्रेले मनोजकी आमालाई हर्लिक्स र फलफुल ल्याउनुको रहस्य !”

“तुरुन्तै हेरिहाल्नोस्- मुन्द्रे मनोजको घुरघुरको दुईक्ल्युसिभ फोटो !”

“हँसाउने जिम्मा ओलीले लिएपछी नेपाल र गजुरेल तनावमा !”

“अहिले भर्खरै : दुई कमेडियन दरबार पस्ने !”

“प्रतिगमनको समयमा जितुको आगमन गजुरेल निवासमा ! आखिर किन ?”

“चुनाव नजिकिदै गर्दा नेपाल सुटुक्क गजुरेलकोमा ! के पार्टी खोल्दैछन् ?”

“के को लसपस हो यिनिहरुको ?”

“छि: छि: यस्तो जाडोमा पनि चियामात्र पिलाएर पठाउने हो पाहुनालाई !”

“कस्तो अचम्म ! हँसाउनेहरू आँफै हाँसीरहेका छन् !!”

“काे हो यस्तो फोटो खिच्ने !”

“मुन्द्रेको भाईरल फोटो….हैन, सामान्य फोटो हो !”

“मनोज मामा’ भन्दै मुन्द्रे पुगे मनोजकहाँ, के टीका लगाई दिए त मनोजले ?”

“मुन्द्रे बेहोस, खाली खाम हेर्दा !”

“मुन्द्रे कमेडी च्याम्पियनतिर, क्लबमा रुवाबासी !”

“मुन्द्रेको कमेडी क्लब मनोजले चलाउने आँटेकै हुन् त ? बुझी हाल्नोस् ।”

“भाईरल कमेडी : दाईरल ट्रेजेडी !”

“के हुँदैछ यहाँ ? राम, राम, राम !”

“राम ! राम !! राम !!! भित्र हेरिहाल्नोस् तर कुरो केही पनि छैन !”

माथीका कुनै पनि ‘टाईटल’ यो फोटोसँग मेल खाँदैनन् । मामा-भान्जाको सामान्य भेटघाटमात्र हो कोरोनाकाल पछिको 😁यो पोस्ट तपाईंको लागि मनोजरन्जनका मात्र हो । सामाजिक संजालमा ‘टाईटलकारिता’ गर्नेहरुका लागि भाईरल टाईटल पनि हुनसक्छ !😁

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com