चर्चाको शिखरमा बर्मा र घरमा, मन्त्रीको यात्रा नख्खु जेलमा !

प्रकाशित मिति: २० माघ २०७७, मंगलवार २०:४३

  • म्यानमारको सेनाविरुद्ध कदम चाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनको चेतावनी
    ट्रम्पमात्र होला भन्ठानेको जो आएनी त्यस्तै रहेछ !
  • सेनाका बख्तरबन्द गाडीहरु काठमाडौंका सडकमा, के हो संकेत ?
    कि गाडी छामेको कि त नाडी छामेको,एक त पक्कै हो !
  • प्रतिनिधिसभा विघटनपछि तीन दल तीनतिर : किन हुन सकेन संयुक्त जनआन्दोलन ?
    किनकी ताक परे आन्दोलन नत्र सम्झौता !
  • म्यानमारको शासन सेनाको हातमा, एक वर्षका लागि संकटकाल घोषणा
    संकटमात्र होस् , काल कसैको नआओस् ! जय जनता, भए हतियार !
  • नख्खु जेलमा पुगेर खानेपानीमन्त्रीले भेटे विप्लवका नेता
    सोधे- एउटा बेड मलाई पनि रोक्नोस् है, सिचुएसन गडबड छ !
  • म्यानमारको सैन्य कू बारे नेपालले भन्यो– ‘सुकीलाई तत्काल रिहा गर’
    नत्र यहाँ पनि हामीलाई त्यस्तै गर्न सक्ने स्थिति आउने खतरा बढ्यो !
  • ज्वाइँलाई भूमि आयोगको अध्यक्ष बनाएको भन्दै शंकर पोखरेलको आलोचना
    पोखरेलले ओली शैलीमा मनमनै भने- ‘के ज्वाईं हुनु मेरो गल्ती हो त……?
  • वीरका चिकित्सकहरुले पाएनन् जोखिम भत्ता, सुविधा माग्दै पुन: आन्दोलित
    डाक्टर नै भिँडभाडमा जाने सुनेर कोरोना भाईरस दङ्ग !
  • विवेकशील साझासँग एकताका लागि काँग्रेस (वी पी)द्वारा वार्ता समिति गठन
    पार्टीको नाम ‘विवेकशिल साझा काङ्ग्रेस’ राख्ने !
  • पोलियो थोपाको साटो भारतमा १२ जना बच्चालाई स्यानिटाइजर खुवाएपछि…
    सेनिटाईजर खुवाउनेलाई गोबर खुवाईयो…भन्ने सम्चार आएको छैन !
  • प्रधानमन्त्रीको कदमको विरोध गर्दै डाक्टर गोविन्द केसी अनशन बस्दै
    अनशन भन्छन् , कल्ले सुन्छन् !
  • आश्चर्य मान्दै प्रधानमन्त्रीले सोधे : ‘अझै बनिसकेको छैन मुलपानीको रंगशाला ?’
    रंगशालाले भन्यो, खै बन्लाजस्तो छैन तिमी हुन्जेल !
  • अन्जु पन्तको गीतलाई काउन्टर दिँदै खरेलले इजलासमा गाए ‘नाइ मलाई त्यही केटी चाहिन्छ’, न्यायाधीशले सोधे : ‘सायरीको जवाफ छैन ?’
    अदालत हो कि दोहोरी साँझ, प्रश्न यही छ श्रीमानको माझ !
  • प्रधानमन्त्रीले आमसभा गर्ने दिन लाइसेन्सको लिखित र ट्रायल नहुने
    आमसभामा सहभागी हुनेलाई लाईसेन्स फ्री…त हैन नि !
  • नक्कली हतियार लिएर परेड खेल्दै पूर्वजनमुक्ति सेना
    सक्कली हतियार खोलाले बगायो !
  • किन गएनन् प्रधानन्यायाधिस बैठकमा राजनैतिक समितिको बैठकमा ?
    रात रहे अग्राख पलाउँछ , अग्राख पलाए पासा पल्टिञ्छ !
(तस्वीर : सामाजिक संजाल)

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com