सरकार अक्करतिर, विपक्ष टक्करतिर, प्रतिपक्ष ठक्करतिर, देश गोलचक्करतिर !

प्रकाशित मिति: २२ माघ २०७७, बिहीबार १०:३२

हड्ताल गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
गृहमन्त्रीले उहिले गर्ने हडताल चाहीं के हो नि !

संवैधानिक निकायहरुमा भएको विवादास्पद नियुक्तिमा कांग्रेस मौन
चुपचाप चारआना, हल्ला गरे बाह्रआना, सहयोग गरे च्याप्प, बिरोध गरे झ्याप्प !

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी
प्रहरी घम्सातिर, कार्यकर्ता घम्सितिर !

उपराष्ट्रपति र सभामुखद्वारा सपथ ग्रहण समारोह बहिस्कार
आफ्नै पदको मलामीमा सलामी खान को जान्छ त !

कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड–माधव पक्षका कार्यकर्ता पक्राउ !
को आफ्नो को पराई, हिंड्ने दिन आयो आफ्नैसंग डराई डराई !

मुद्दामा ढिलासुस्ती, शपथमा हतारो
बिस्तारै गए अवस्य पुगिन्छा, हतार गरे झन् चांडो पुगिन्छा – शक्तिमा !

संवैधानिक निकायमा गैरसंवैधानिक नियुक्ति
जनता मौन बसेको बेला शक्ति हत्याउने खेला !

नवनियुक्त प्रमुख आयुक्त राईले अख्तियारमा कार्यभार सम्हाले
आयुक्त र सयुक्त था’छैन, विवादबिना कोही आयुक्त गा’छैन !

(तस्वीर : सामाजिक संजाल)

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com