‘नेपालमा भाजपाको सरकार बन्नुअघि भारतमा चिनकपाको सरकार !’ -Beep *Love Dev

प्रकाशित मिति: ६ फाल्गुन २०७७, बिहीबार ११:१६

ओली पक्ष भन्छ- ‘पाँच सफलता पाइयो, अर्को भन्छ- प्रतिगमन सिद्ध भयो’
प्रतिपक्ष भन्छ- ‘सत्तापक्ष कुहियो, सफलता सबै तुहियो !’

बालकको मृत्यु भएपछि गाउँलेले गाडी जलाए
जल्दा जल्दै गाडीले भन्यो – ‘मलाई जलाएर के गर्छौ, चलाउने जिउँदै भएसी अर्को चलाई हाल्छ !’

बम आक्रमणमा पश्चिम बंगालका मन्त्री घाइते
पुर्वी नेपालका मुख्यमन्त्रीलाई झस्का !

‘नेपालमा भाजपाको सरकार’ : त्रिपुराका मुख्यमन्त्री विप्लव !
‘नेपालमा भाजपाको सरकार बन्नुअघि त्रिपुरामा चिकपाको सरकार !’ -नेपालका मुख्यक्रान्ती विप्लव

त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिमा प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको आपत्ति
आपत्तीले मात्र बिपत्ती रोकिन्न होला !

भागरथी भट्ट घटना: आरोपित किशोर सार्वजनिक
अनुसन्धान सत्य होस्, आरोपितलाई पुन: लुकाउनु नपरोस् !

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई ज्यान मार्ने धम्की
धम्की दिने कुन पार्टीका जनवर्गीय संगठनका रहेछन् !

पुर्व राजाको सुरक्षा कटौती, पुनर्विचार गर्न अनुरोध !
राजा सबका साझा, किन चाहियो आज !

प्रतिनिधिसभा विघटनप्रति उपराष्ट्रपति पुनको असन्तुष्टि
राष्ट्रपतिको भण्डारीको भने पुर्ण सन्तुष्टी !

निर्वाचन आयोगमा जेलियो नेकपा विवाद: सूर्य चिन्ह ‘फ्रिज’ बारे छलफल
सुर्यलाई फ्रिजमा, रुखलाई पर्समा !

‘तोकिएको समयमा नै निर्वाचन हुन्छ’ : परराष्ट्रमन्त्री ज्ञवाली
गोपी कृष्ण कहो !

भागिरथी हत्या प्रकरण : आरोपी हिरासतमा, शव अस्पतालमा
लासमाथी राजनिती नहोस् !

प्रचण्ड-माधव समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्दै
वालुवाटार अहिले टुँडीखेलमा सरेछ !?

नेपालमा चिनियाँ ‘भेरो सेल’ खोपले आपतकालीन प्रयोगको अनुमति पायो
सहजकालमा भारतीय खोप छँदैछ नि !

अष्ट्रेलियामा फेसबुकले लगायो समाचार कन्टेन्टमा प्रतिबन्ध
हाम्रो पालो कैले आउँछ ?

मौसम पूर्वानुमानः आज हिमपातको सम्भावना
सम्भावना अर्थात् हुन पनि सक्छ, नहुनपनी !

‘पक्राउ गरिएका किशोर नै अभियुक्त भन्ने विश्वास नलागेसम्म शव बुझ्दैनौं’ : भागरथीको परिवार
अपराधमा राजनीति घुसेको त हैन !

सरकारले कटौती गरेपछी दाहालको सुरक्षामा पूर्वलडाकु
पुर्व लडाकु ओली समुहमा !

इन्टरनेटमा दस थरी कर
दशथरी : ओलीकर, दहालकर, देउवाकर, थापकर, भन्डारीकर, भट्टराईकर, शाहकर, पौडेलकर, कार्कीकर र जोकर !

‘साना लगानीका मिडियालाई राज्यले संरक्षण गर्नुपर्छ’: उपराष्ट्रपति पुन
खल्ती मिडियाका पनि दिन आउने भए !

दाह्री ग्याङका युवासँग प्रधानमन्त्री ओलीको भेटघाट
भने : ‘क्रान्ति गर्ने उमेरैमा मैँ पनी दाह्री पाल्दो हुँ, अहिले पो भारी भयो र !’

‘व्यवस्था जोगाउन प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ’ – विपक्षका वकिल
‘सरकार जोगाउन प्रतिनिधि सभा पुनः बिस्थापना हुनुपर्छ !’ – सरकारका किल

(तस्वीर सौजन्य : सामाजिक संजाल)

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com