किन भयो कमेडीलाई ‘एन्जाईटी’ !

प्रकाशित मिति: ९ फाल्गुन २०७७, आईतवार १४:२२

बाको बेलगाम बोलीमाथी ब्यङ्ग्य गर्दा,
‘प्रचण्डको हनुमान’काे आरोप आउँछ,
काकाको उदण्ड शैलीमाथी हाँसाे गर्दा
‘ओलीको अरिङ्गाल’काे आक्षेेप लगाउछ ,

दााईकाे समाजबादी झाेँकमा जोक बनाउँदा
‘लोकतन्त्र बिरोधी’ भन्दै गाली बर्साउँछ,
भाईको जनवादी बिजोगमा कमेडी गर्दा
‘क्रान्तिबिरोधी मतियार’ भन्दै तर्साउँछ !
कमेडी कमेडी रहेन, ट्रेजेडी हुँदै गएकाे छ
यसैले आजकाल कमेडीलाई एन्जाईटी भएको छ !

अन्धविश्वासमाथी ब्यङ्ग्य गर्दा
धर्म बिरोधी भनेर श्वास फेर्न दिँदैनन्,
‘संस्कृतिको पक्ष’मा हाँसाे छर्दा
प्रतिगामी भन्दै दायाँबायाँ हेर्न दिँदैनन्,
देशले जतिकै यसले पनि सहनुसम्म सहेको छ,
कमेडीलाई डरलाग्दो एन्जाईटी भएको छ !

दक्षिणलाई दनक दिँदा ‘चाईनिज एजेन्ट’ बन्छ,
उत्तरलाई पन्च मार्दा ‘भारतीय दलाल’ भन्छ,
एउटा पार्टी सोध्छ, अर्को कित्ता क्लियर गर् भन्छ,
हँसाउन भन्दै मन्चमा चढेको कमेडी नर्भस बन्छ,
उस्को कित्ता ‘बाङ्गो शैलीमा सत्य ओकल्नु’ हो तर बोल्न साह्रो छ,
यसैले एन्जाईटीमा छ कमेडी, बिचरालाई एकदमै गार्हो छ !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com