ओलीबा र नेपालबाको हानाहान, कसको के हतियार, को कसको मतियार ? Headline Humor

प्रकाशित मिति: १३ चैत्र २०७७, शुक्रबार १२:२४

अध्यक्ष ओलीलाई प्रतिप्रश्नसहित जवाफ दिने नेपाल समूहको तयारी
प्रश्नोत्तर कार्यक्रम अन्त्य गर्ने मुडमा ओली !

सरकार गठनमा देउवाको बुझाई : बहुमत पुग्नै कठिन, पुगे टिक्न झन् कठिन
भए पनि ठिकै छ नभएपनी ठिकै छ, के लाई टाउको दुखाउने तानतुने सरकारमा !

फेरि बढ्दैछ कोरोना संक्रमण, नयाँ भेरियन्टको भाइरस फैलिएको आशंका
जनताहरुलाई भाईरसको चिन्ता, पार्टीलाई शक्ति प्रदर्शन गर्न नपाउने चिन्ता !

महँगा गाडी आयातमा लगाइएको प्रतिबन्ध फुकुवा
बोलकबोल र मोलतोल मिलेको आशंका !

निजिलाई बेचिएकोभृकुटी कागज कारखाना सरकारले फिर्ता लिनुपर्ने सुझाव
कमिसन पनि फिर्ता लिनुपर्ने दबाब !

जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति
नेबिसंघद्वारा स्वागत, अखिलहरु ट्वाँ !

सरकारकै नाममा फिर्ता भयो प्र. म. माधव नेपाल र भूमि सुधार मन्त्री डम्वर श्रेष्ठको पालामा बाँडिएको जग्गा
फिर्ताको परिपाटी बसाउन सफल भएकोमा बधाई !

माधव नेपाललाई सोधिएको स्पष्टीकरणको प्रश्न- ‘प्रचण्डको मतियार बनेर पार्टी हित विपरीत कार्य गर्नुको कारण के हो ?’
माधव नेपालको जवाफ – ‘मतियार भएर हतियार बलियो बनाउँला भन्ने आशले !’

नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर
पल्लो छिमेकीसँग समझदारी हुँदा वल्लो छिमेकीसँग असमझदारी बढ्ने खतरा !

प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता
भेटमा प्रचण्डले भने – ‘भारतलाई कम्फाेर्टेबल सरकार’ बन्ने कुरा चाईनिज टिकटकको कन्टेन्ट लागिमात्र हो, अन्यथा नसोचियोस् !’

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
१. बैठक शुरु, २. प्रतिपक्षको नियमापती ३. अन्त्य

ललितानिवास मुद्दाका आरोपित गच्छदार अझै अदालतमा उपस्थित भएनन् !
सरकारले त टेर्दैन गच्छदारले टेर्छन् त अदालतलाई !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com