थुतुनो बढी चल्छ ? कन्ट्रोल गर्नाेस्, केवल ५ मिनेटमा !

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलवार १८:३५

‘थुतुनो नियन्त्रण’ आजको मुख्य आवस्यकता हो । जिब्रो चल्नु र चिप्लिनु फरक कुरा हुन् । जिब्रो चलाउन नजानेर चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । चाहिनेभन्दा बढी चल्दा नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । आउनोस्, थुतुनो नियन्त्रणका आधा दर्जन उपायको गजुरीयल विश्लेषण गरौं ।

१. सबैभन्दा पहिले दिमागलाई ठण्डा राख्नु पर्दछ । किनकी शरीरका प्रत्येक अंगहरु मस्तिष्कसंग जोडिएका हुन्छन् । जिब्रो त झन् दिमागको सबैभन्दा नजिकको मित्र पऱ्यो । माथा गरम हुँदा जिब्रोलाई लटर पटर बनाईदिन्छ । लटर पटर जिब्रोले भन्नुपर्ने कुरो बिर्सिन्छ, नभन्नु पर्ने कुरो चिप्ल्याई दिन्छ ।

२. मनलाई शान्त राख्नु दोश्रो उपाय हो । शब्दको निर्माण मनमा हुन्छ । मनमा निर्माण भएको शब्दलाई दिमाग सम्पादन गर्छ । सम्पादित शब्द जिब्रोको माध्यामबाट बाहिर निस्किन्छ । अशान्त मनले कुन शब्द सही हो, कुन वाक्य गलत हो थाहा पाउंदैन । कुन कुरा सोच्नु हुन्छ, कुन कुरा बोल्नुहुन्न, जान्दैन । जिब्रोको अराकता नियन्त्रणका लागि योग र ध्यानको प्रयोग सहयोगी हुने गजुरीयल ठम्याई छ ।

३.जिब्रो चिप्लिनबाट बंच्ने अर्को उपाय शरीरको भाषा बुझ्नु हो । हृदयमा शब्द बन्नु अघि शरीरमा बिभिन्न खालका संबेदनाहरु पैदा हुन्छन् । शरीरमा राम्रो संबेदना आयो भने मनमा राम्रै शब्द बन्छन् । नराम्रा संबेदनाहरु आए भने नराम्रै शब्द बन्छन् । त्यसैले शरीरमा नराम्रो संबेदना आएका बेला सकेसम्म मौन बस्नाले जिब्रो चिप्लिने कार्य कम हुन्छ ।
४. अर्को उपाय हो, मिठाई चुसि रहने। चुइम्गम चपाई बस्ने । पान खाई रहने । सुपारी टोकी रहने । त्यसो गर्नाले मनमा आएका कुराहरु नियन्त्रण हुन्छन् । बेला न कुबेला फुत्किंन पाउंदैनन् । नराम्रा शब्द उच्चारण भएकाछन् भनेपनि राम्रो बनेर बाहिर निस्किन सक्छन् भन्ने गजुरीयल अनुमान छ ।

५. जिब्रोलाई सकेसम्म तामसी भोजन नगराउनु उपयुक्त हुन्छ । बियर नपिउने, ह्विस्की नचुसाउने, आक्रमक शब्द बोल्न नदिने गर्नुपर्छ । गुलियो, पिरो, चर्को, चिल्लो खानाले पनि जिब्रो चिप्लिने डर हुन्छ । खानै परे जिब्रोले थाहा नपाउनेगरी घुटुक्क पार्नुपर्छ ।

. देख्दा जिब्रो पुग-नपुग २०० ग्राम होला । तर, शरीरमा यसको ठुलो महत्व छ । दुई इन्चीको जिब्रोको स्वादकालागि सिंगो शरीर अस्वस्थ नबनाऔं । त्यती सानो जिब्रो कारणले सिंगो नामलाई बदनाम नगराऔं । जिब्रो नियन्त्रण गरौं, मानसिक र सामाजिक स्वास्थ शिष्ट र सभ्य बनाउँ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com