फुट-बल हेर्दै ओली बा, गुट-बल हेर्दै दाहाल बा, टुट-बल हेर्दै नेपाल बा, मुढ-बल हेर्दै देउ बा !

प्रकाशित मिति: १८ चैत्र २०७७, बुधबार १०:३८

नेकपा छुट्ट्याउने फैसलाविरुद्ध पुनरवलोकनः अर्थपूर्ण कि व्यर्थ ?
मनै नमिलेपछी फेरि टाँसिन खोज्नु भनेको न अर्थ न बर्थ गोविन्दगाई, भुँडीमा मुसा घाँटिमा टाईजस्ताे भएन र !

‘एमाले हाम्रो हो, केपी ओली पार्टी छाडेर गए हुन्छ’ : माधव नेपाल
‘जसको सिङ छैन उसैको नाम नर्सिङ्गे भनेको यही हो !’ -केपी ओली

रंगशालामा किन लाग्यो ‘केपी बा, वि लभ यु’ ?
हजुरबा उमेरका मान्छेलाई बा नभनेर काका, दाजु भन्न मिलेन त !’ -रमेश सिलवाल

‘मेरो जिन्दगीको एउटा अध्याय सकियो’ : फुटबलर विराज महर्जन
खेल जगतको उन्नतीका प्रेरणा चर्ने काम सकिएको नठान्नु ।

विवाहपछि दम्पतीको व्यवहार किन बद्लिन्छ ?

‘जनतासँग निकट रहने र सुखदु:खमा साथ दिने नेता नविन्द्रराज जोशी’
जिउँदो छउन्जेल प्रशंशा गर्ने हाम्रो संस्कार छैन, बिते स्वर्गवास होस् !

दुई हजार वर्ष पुरानो जात्रा चलाउन ५० वर्षदेखि रथ बनाइरहेका प्रेमलाल
नाफा हुने भए किन रहन्थे प्रेमलाल, दर्जनौं डन, धन हुन्थे कति मालामाल !

प्रधानमन्त्री ओलीको प्रश्न, ‘के यो देश प्रचण्डको स्वार्थमा सती जानु पर्ने हो ?’
प्रचण्डको ओलीलाई प्रतिप्रश्न, ‘के तिम्रो अहंकारको अग्निमा मेरा सपना डढाएर लानु पर्ने हो !?’

नयाँ सरकार बनाउन ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने देउवाको शर्त
अर्थात्, त्यसपछी पनि म यसै हुन्छ चाहिं भन्न सक्दिनँ !

ओलीको प्रश्‍न- ‘चुनाव हुँदा संघीय लोकतान्त्रिक गणतन्त्र कसरी खतरामा पर्छ ?’
दाहालको जावफ – ‘तिम्रा सांसद संख्या बढ्छ हाम्रो घट्छ, त्यसरी नै खतरामा पर्छ !’

थारुवान संघर्ष समिति-सरकार वार्ता सकारात्मक, बिहीबार फेरि बस्‍ने
सरकारी वार्ता टोली दुविधामा – सर्त नमान्दा सरकार खस्ने डर, मान्दा फँस्ने डर, गर या मर !

फुटबल हेर्न प्रधानमन्त्री रङ्गशालामा : के शन्देश दिन खोजेका हुन् ?
राष्ट्रिय गीत हो र शन्देश दिनलाई, फुटबल हो मज्जा लिनलाई । फुटबल हेर्दै केपी बा, वलीबल हेर्दै प्रचण्बा, दलबल पार्दै देउवा !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com