के महामारीमा परग्रहीकाे हात छ ? आबुई ग्रह, हाईपर टेक्नोलोजी र अ९ठाे सिग्नल !

प्रकाशित मिति: १९ चैत्र २०७७, बिहीबार १३:०५

कोरोना भाईरसको श्रोत : परग्रही प्राणी

‘कोरोना भाईरस’ उत्पती संबन्धमा एउटा अनौठो दाबी सार्वजानिक भएको छ । चमेरोबाट मानिसमा सरेको हुनसक्ने WHO को रिपोर्ट आएको भोलिपल्ट अभेरिकाकाे SOU (Science of Universe) संस्थाले भनेको छ- ‘यो भाईरस न चाईनिजले भनेझैं चमेरोबाट सरेको हो, नत अमेरिकनले भनेझैं ल्याबबाट लिक भएको हो । यो त परग्रही प्राणीहरुको ‘हाईपर टेक्नोलोजी ट्रायल’ हो, यसलाई हल्का रमाईलोको रुपमामात्र नलिउँ ।’

के के छन् त प्रमाणहरु ?

अमेरिकाको Area 50 मा लामो समयसम्म एलियन संबन्धी अध्ययन गरेका वैज्ञानिक डा. एप्रिलियानाे फिलिपियोले GBC लाई भने- ‘हामीले म्याक्टेरिया ग्यालेक्सीबाट यस्ता थुप्रै रेडियो सिग्नलहरु प्राप्त गरेका छौँ जसले कोरोनाको उत्पती पृथ्वी बाहिरको कुनै ग्रहमा नै भएको हो ।’

एलियनविद्हरुको भनाई के छ ?

SOU का भाइस चान्सलर प्रोफेसर वाहा जे. फगको दाबी अझै अ९ठो छ । ‘मङ्गल ग्रहबाट ८० डिग्री अक्षांश र वृहस्पतिबाट ४० हजार प्रकासबर्ष टाढा ‘आबुई’ नामको अति बिकसित ग्रह छ । आबुईमा पृथ्वीवासी मानिस भन्दा २०० गुणा तृक्ष्ण प्राणीको बसोबास छ । उनिहरु धर्तीको भन्दा हजार गुणा बिकसित टेक्नोलोजीको प्रयोग गर्छन् । हामीले भोगिरहेको महामारी तिनै ‘आबुआन’हरुको ‘हाईपर ग्यालेक्सी ईन्टर कनेक्ट थ्यौरी’को उपज हो ।’

परग्रहीहरुको शन्देश के हो ?

Science of Universe (SOU) मा आवद्द पुर्व नासा बैज्ञानिक डा. म्याक्वेल साईमन, एस्ट्रोनट ई. नापिस् थगमेन, परा बैज्ञानिक प्रो. नाकाहिरा मासुरा, प्रख्यात खगोलशाष्त्री हिङ बाङ होई तथा चर्चित रसियन ज्योतिष भ्ल्यातोस झुटोस्की लगायत छन् । उनिहरुले कोरोना भाईरस पृथ्वीबासीलाई ‘आबुआन’हरुको भद्र शन्देश भएको बताए । यो कुरा मानवजातीले जति छिटो बुझ्न सक्यो त्यति नै छिटो महामारी अन्त्य हुने उनिहरुको जिकिर छ ।

पृथ्वीसम्म कसरी आयो भाईरस परग्रहबाट ?

परग्रहीहरुले किन र कसरी पृथ्वीसम्म पठाए त भाईरस ? SOU ले भनेको छ :- ‘आबुई ग्रहमा बस्ने आबुआनहरु अत्यन्तै बिकसित र विवेकशिल प्राणी हुन् । उनिहरु पृथ्वी लगायत अन्य ग्रहका प्राणीप्रती एकदमै दयालु छन् । सनातन संस्क्रितिमा भन्ने गरिएको तीन त्रिलोक चौध भुवनलाई आबुआनले नै सन्चालन गर्छन् । धर्तीमा मान्छे जन्माउनेदेखी मार्नेसम्मका प्राकृतिक नियमहरु उनकै हाइपर टेक्नोलोजीका उपज हुन् जुन कुरा धर्तीका बैज्ञानिकहरुले अहिलेसम्म भेउ पाएकै छैनन् ।’

किन बिच्किए आबुई ग्रहबासी मान्छेसँग ?

आब्स रेडियो सिग्नल देखाउँदै डा. फसिस भन्छन् – ‘समग्र शृष्टिका पालक आबुआनले पृथ्वीबासीका लागि सनातनदेखि नै केही प्राकृतिक नियम तोकिदिएका थिए । जस्तो कि, खान नहुने कुरा नखानु, गर्न नहुने काम नगर्नु, भाईचारा कायम राख्नु, विश्व बन्धुत्व कायम राख्नुजस्ता नियमलाई मान्छेले तोड्न थालेपछी केही शताब्दीबाट आबुआनहरु चिन्तित थिए । मान्छेको अप्राकृतिक र अमानवीय गतिबिधीले मानव सभ्यता नै अन्त्य हुने खतरा बढ्यो । अन्ततः पृथ्वीबासीलाई सचेत गराउन आबुआनहरुले महामारीको खेल रचना गर्न बाध्य भए ।

कुन माध्यामले आईपुग्यो पृथ्वीमा भाईरस अर्को ग्रहदेखी ?

परा-बैज्ञानिक डा. म्यानओज गेज्रेलिस भन्छन् – ‘आबुआनहरुले आफ्नो हाईपरस्टार ल्याबमा क्रोनिक भाईरस
उत्पादन गरे । अति उच्च स्तरको प्रबिधी प्रयोग गरेर तिनले सुर्यको प्राकृतिक किरणलाई ह्याक गरिदिए । त्यही सौर्य किरण मार्फत् भाईरस पृथ्वीमा पठाउन सफल भए ।’

के चाहान्छन् आबुआनहरु ?
व्रम्हाण्डका जुनसुकै ग्रहमा हुने साना साना गडबडीले पनि आबुई ग्रहमा असर गर्छ । चन्द्रमामा मान्छे पुग्दा आबुईमा भुइँचालाे आएको थियो । मङ्गलमा यान ल्यान्ड गर्दा खडेरी परेको थियो । भारतमा हिन्दु-मुस्लिम दंगा चल्दा आबुआनमा क्यान्सर फैलिएको थियो । मध्यपुर्वमा अरब-अमेरिका वार हुँदा बाढी पहिरो आएको थियो । माओबादी युद्धको बेला लाखौं आबुआनहरु मानसिक रोगको सिकार भएका थिए । पृथ्वीमा भएका अति औद्योगिकिकरण, जातीय लडाइँ, क्षेत्रीय द्वन्द, प्राकृतिक दोहनजस्ता कारणले पृथ्वीबासी र आबुई निवासी दुबैलाई खतरा हुने गर्छ । यी सहित लोभ, पाप, मोह, ईर्ष्या, घमण्ड, दम्भ, स्वार्थ, अहंकारजस्ता मति सुधार्ने हो भने आबुआनले तुरुन्तै कोरोना भाईरसको कोड डिलिट गरिदिन सक्छन् ।’

डराईहाल्नु पर्दैन तर नियमित संपर्कमा रहनुपर्छ ।

आबुआनको यो भद्र शन्देशलाई मानवजातीले नजरअन्दाज गरेमा बाध्य भएर आबुआनले यो भन्दा खतरनाक महामारीको आयोजन पनि गर्न सक्ने कुरा सत्यजस्तो लागेपनी यो अप्रिल फुलको अवसरमा तयार पारिएको गजुरीयल मनोज-रञ्जनमात्र हो । भ्रममा नपर्नुहोला, ह्याप्पी अप्रिल फूल्स डे 😂 स्वास्थ्य मापदण्ड पालना गरौं, महामारीबाट जोगिउँ 🙏

*डिस्क्लेमर गजुरीयल डटकम रियल कुराहरूको गजुरियल टिप्पणी हो । यहाँ प्रकाशित सामाग्रीहरू अर्धसत्य मात्र हुन् । कसैको जीवनसँग मेल खान गएमा संयोगमात्र हुने छैन, भूलसुधारको सुन्दर अवसर पनि बन्नेछ 

🙄
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com