पेट्रोलियम पदार्थको मुल्य वृद्धिले वायु प्रदुषण रोक्छ ? सरकार परिवर्तनको रहरले कोरोनाको दोश्रो लहर छेक्छ ? 🙊

प्रकाशित मिति: २४ चैत्र २०७७, मंगलवार १०:५२

दल फेरेर मन्त्री बनेका टंक आङ्बुहाङको सांसद् पद खोसियो
सांसदभन्दा मन्त्री पदमा स्वादिलाे भएको भ्रष्टोक्ती !

प्रधानमन्त्रीलाई नेता नेपालको कटाक्ष : ‘कति नाम लेख्ने रहर रहेछ !’
‘नाम होस्, बदनाम होस्, गुमनाम नहोस् भन्ने सुनेकै होला !’ -प्रधानमन्त्रीको लटाक्ष

वायु प्रदुषण बढेसँगै काठमाडौं फेरि बन्यो संसारकै नम्बर एक प्रदुषित सहर
ओली प्रचण्डद्वारा एकअर्कालाई दोषारोपण !

२८ करोड कर छलीको अभियोगमा बाराका सुकुम्बासी उमाशंकर नख्खु कारागारमा !
सुकुम्बासीलाई दुरुपयोग गरेर करछली गर्नेहरु घरघरमा !

५३ करोड बढी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण बाहिरियो
बाहिरिएको फेसबुक बिबरणका कुराहरु फेस टु फेस गर्न समस्या !

बालुवाटारबाट १६५ सडक शिलान्यास
नाम होस् , बदनाम होस् काम होस् कि नहोस् !

कोरोनाको दोश्रो लहरले भारतमा तहल्का, नेपालमा बढ्न थाले संक्रमित
सरकार र प्रतिपक्ष सरकार ढाल्ने र बनाउने होडमा !

नेपालमा वायु प्रदुषणले मानिसमा खतरनाक रोगहरु ल्याउँदै
आफू प्रधानमन्त्री भए वायुको आयु तुरुन्तै अन्त्य हुने बामदेवको बिचार !

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो
‘प्रदुषण कम गर्ने सरकारी आईडिया !’
-पेट्रोलमन्त्री

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com