आजका हेडलाईन : चाईनिज खोपदेखि बम हान्नेलाई मन्त्रीहुँदै सरकारकाे गाँठो सम्म

प्रकाशित मिति: २५ चैत्र २०७७, बुधबार १२:०१


आजदेखि चीनियाँ खोप लगाइँदै
खोपले नेपाली ईम्युनबारे सिकाईंदै !

‘केही समयपछि फेरि सरकार कब्जा गर्ने ठाउँमा पुग्छौ’:  प्रचण्ड
सरकारमा पुग्ने, चलाउने, सम्हाल्ने, जिम्मेवारी निभाउने होइन, ‘कब्जा गर्ने’ रे !

रूकुम पुगेर प्रचण्डले भने- ‘मलाई बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरें, अब त्यस्तो गर्दिनँ !’
बम हान्न सिकाउनेलाई पनि चिनिराखौं है कमरेड !

संसारका अर्बपतिको सूचीमा ३ सय स्थान तल झरे ट्रम्प
‘जति तल झरेपनि मिलेनियापति त गरिरहन्छु क्यारे !’

किसान र उपभोक्ताका लागि मोबाइल एपमै निःशुल्क ‘हाट-बजार’
‘पहिला किसानलाई मोबाईल चाहियो नि !’। -किसानहरु

नेपालमा जेठ वा असारमा कोभिड फेरि उच्चबिन्दुमा पुग्ने चेतावनी
जेठ अगावै प्रधानमन्त्रीको खोप अास्वासन र बेसार पानी वक्तव्य आउने !

कहाँ र कसरी अड्कियो नयाँ सरकारको गाँठो ?
पस्यौटो नमिलेर !

‘प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव छिट्टै अघि बढ्छ’ : बाबुराम भट्टराई
प्रतिपक्षीहरु बीच विश्वास कायम भए पो  !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com