‘गैंडा’ र ‘गैंडाहरु’को गणना : सबैभन्दा बढी कहाँ पाईन्छन् हाेला !

प्रकाशित मिति: २९ चैत्र २०७७, आईतवार १०:०७

पत्रकार महासंघको अध्यक्षमा पोखरेल निर्वाचित, कसले कति मत पाए ?
पत्रकार महासँघ कि एमाले, निकाले, सिटाले, डिढालेहरुको सत्संग !

माडीको अयोध्यापुरीमा राम-सीताका मूर्ति रामनवमीमा राखिने
ज्वाईँ -छोरी नै स्वदेशी भएको प्रमाण देखिने !

प्रचण्डको दाबी : ‘केही दिनमै नयाँ सरकार, चुनावमा ओलीविरुद्ध मोर्चाबन्दी’
ओलीलीको चाबी : ‘सके यहि सरकारमा रहिन्छ नसके चुनावमा गइन्छ, मोर्चाबन्दी बिरुद्ध जोडजाडबन्दी र सोरसारबन्दी गरिन्छ, पोखिएका सपना फेरी भरिन्छ !’

देउवालाई प्रधानमन्त्री बनाउन माओवादी केन्द्र सहमत, जसपाले दिएन निर्णय
देउ बा देउ ! कमजोर भएरै होला, जहाँ ढुङ्गा हान्नेलाई फूल चढाइन्छ रे !

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर थप ८० प्रदशर्नकारीको मृत्यु
जनता सिध्याएर जन्तुलाई शासन गर्ने सैन्य सरकारको योजना !

१४ औं महाधिवेशनमा सभापतिबाहेक कुनै पदमा नलड्ने शेखर कोइरालाको घोषणा
हैन, लड्नुपर्छ । उठ्नै नसक्नेगरी ! भए हुन्छ नभए सन्च, बेकारमा के को र्याइँ र्याईँ !

‘जसपाले समर्थन गरिदिए देउवाको नेतृत्वमा सरकार बन्’:  रामचन्द्र पौडेल
अर्थात्, समर्थन नगरिदिए ओलीलीलाई घन्चमन्च, मलाई अौधि सन्च ! हैन्त ?

बहुमत खण्डित, प्रदेश सरकार पनि संकटमा
मस्तिष्कमा रोग प्रकट भएसी अङ्ग प्रत्यङ्गमा संकट अाउँछ नै !

‘अदालतले डिभोर्स दिँदा घर फर्कनुर्‍यो’- प्रचण्ड
चोरीचोरी भेट्दै फिदा भा’छौँ, घरै लैजाने या बाहिरै राख्ने- दुबिधामा रछौँ !

वाग्मती आयोजना स्थापनाको २७ वर्ष, नदी भएन ढलमुक्त
बागमति सफाई : तलबाट उ गर्दै माथिबाट सु गर्दै जात्रा, निरन्तर चल्ने यात्रा !

वर्षमा थपिए १०७ गैंडा, सबभन्दा धेरै चितवनमा !
सिँहदरबारका गैँडा गन्न बाँकी, चितवनभन्दा धेरै काठमाण्डौंमा !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com