प्रधानमन्त्रीको व्यंग्य माथि प्रचण्डको घोच्यांग्य, अर्थपुर्ण उपस्थिति, ब्यार्थपुर्ण गतिविधि ! – हिजोआजका हेडलाइनहरु, The Headline Humors.

प्रकाशित मिति: ७ बैशाख २०७८, मंगलवार ०९:१५

संसदका महत्वपूर्ण समितिमा एमाले ओली पक्षको अर्थपूर्ण उपस्थिति
उपस्थिति अर्थपुर्ण भएर के गर्नु, काम ब्यार्थ पुर्ण भएसी !

बंगालकी मुख्यमन्त्री वनर्जीलाई चुनाव प्रचारमा एकदिनको प्रतिवन्ध
कुटे जस्तो र रोए जस्तो, मायाँ गरेर छोए जस्तो कारबाही !

विप्लव समूहसँग हतियार हुनसक्छ, उनीहरूलाई निगरानीमा राख्नुपर्छ: गृहमन्त्री
………. सक्यो, दैलो देख्यो ! लाज पचाउने शाब्दिक टेको !

मुख्यमन्त्रीको स्पष्टीकरण : छलफल गर्न समय मिलोस् भनेर अधिवेशन अन्त्य गरें
फलको गाँठो अरुले टिप्न खोजेपछी छलको बाटो रोजेको नबुझि दिनु होला !

त्रासबाट कहिल्यै प्रभावित हुन्न : घनश्याम भुसाल
अर्थात, आशबाट प्रभावित भएको बिषयलाई अहिले छुन्न !

अझै केहीबेर हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्
छतमा सजिएको गमला, तपाईँको टक्लुमा गर्ला है हमला !

प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताबीच छलफल
प्रधानमन्त्रीले छलको त्रासका र ठाकुरले फलको आशका कुरा गरेको हुनसक्ने !

सदूरपश्चिमका लागि रणनीति बनाउँदै एमालेको खनाल–माधव पक्ष
तत्कालका निम्ति रणनीतिलाई लडाईँ नीतिमा लैजाने सम्भावना !

दोधारमा अभिभावक : छोराछोरीलाई स्कूल पठाउने कि नपठाउने ?
स्कुल पठाउँ त कोरोनाको डर, नपठउँ त धुलिसाफ हुने भो घर !

उपेन्द्र यादव भन्छन्- लुम्बिनी प्रदेशमा गैर-राजनीतिक काम भयो, छानविन हुन्छ
बाबुराम भट्टराई भन्छन् – कर्णालीको प्रणाली उच्च रह्यो, टुच्च बोलेर छुच्चो बन्नु हुदैन भन्ने हामीलागिरा छ !

प्रचण्डप्रति प्रधानमन्त्रीको व्यंग्य : ए दाइ, प्रधानमन्त्री भइदेउ न !
प्रधानमन्त्री प्रति प्रचण्डको घोच्यांग्य : ए भाई, मन्त्री खाइदेउ या समर्थन जनाइदेउ न !

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com