ईम्युनिटी पावर घटाउने अनलाईन सामाग्रीहरु :….

प्रकाशित मिति: १२ जेष्ठ २०७८, बुधबार १५:४६


बिचलित गराउने भिडियोहरु,
आतंकित बनाउने तस्वीरहरु ।
तथ्य बिनाका सम्चारहरु,
तर्क बिनाका बिचारहरु ।
यी ईम्युनिटी घटाउने सामाग्री हुन्

न्युज बिनाका हेडलाईनहरु
भ्युज बिनाका टाईटलहरु
युज बिनाका थम्बेलहरु
फ्युज बिनाका हाईलाईट्सहरु
लाईन बिनाका अनलाईनहरु
मुटु बिनाका युट्युबहरु
फन्डावाला चटकहरु
काण्डवाला टिकटकहरु
ईम्युनिटी पावर घटाउने सामाग्री हुन् ।

भाईरलवाला अन्तर्वार्ताहरु
भाईरसवाला कुन्तरवार्ताहरु
घर-झगडाका सिरिजहरु
डर-लफडाका रिपोर्टहरु
घृणा भरिएका पोस्टहरु
गाली गरिएका कमेन्टहरु
डिग्री बिनाका डाक्टरहरु
अध्ययन बिनाका बैध्यहरु
ईम्युनिटी पावर घटाउने सामाग्री हुन्

नाङ्गो भएका नेताका कुरा
उदाङ्गो हुने अभिनेताका कुरा
भाईरल बन्ने बिश्लेशकका कुरा
भाईरस बन्ने समिक्षकका कुरा
बिचलित गराउने भिडियोहरु,
आतंकित बनाउने तस्वीरहरु ।
तथ्य बिनाका सम्चारहरु,
तर्क बिनाका बिचारहरु ।

हाम्रो ईम्युनीटी पावर घटाउने सामाग्री हुन् । यस्ता सामाग्री लाईक, शेयर, सस्क्राईबबाट टाढै रहौँ । ईम्युनिटी पावर घट्नबाट जोगिउँ र जाेगाऔँ । 

*डिस्क्लेमर
गजुरीयलडटकमरियल कुराहरूको गजुरियल टिप्पणी हो । यहाँ प्रकाशित सामाग्रीहरू अर्धसत्य मात्र हुन् । कसैको जीवनसँग मेल खान गएमा संयोगमात्र हुने छैन, भूलसुधारको सुन्दर अवसर पनि बन्नेछ 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com