बाँदरहरुकाे देश, ढेडुहरुकाे भेष, छेपारेको रंग र चेपारेको ढंग हुँदैन : कविता ब्याटल !

प्रकाशित मिति: २२ असार २०७८, मंगलवार २०:२४

कोरोना खोप लगाउन ज्येष्ठ नागरिक घन्टौं लाइनमा
पहुँचवाला युवा  नागरिकले लगाए ट्रिपल डाेज भ्याक्सिन !


प्रचण्डले भने : ‘संसद पुनर्स्थापना हुन्छ, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ’
देउवाले भने- ‘ओलीले छोडे त हो नि बाबा  !’


बाबुरामले प्रचण्डसँग ‘सम्बन्धविच्छेद’ गर्दा खुशी थिइन् हिसिला
हँ, प्रचण्ड-बाबुरामबिच त्यस्तो नाजायज सम्बन्ध थियो र !

माओवादीद्वारा चौंथो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध
ओली पक्षद्वारा प्रदेशसभा सधैंका लागि अवरुद्ध ! 


वन्यजन्तु व्यापार सुरु गर्ने नेपालको योजना, चिनियाँ कम्पनीहरुको दौडधुप
ढुङ्गा-वालुवाकाण्डपछी जङ्गली र  घरपालुवा काण्ड !


जसपाका महन्थ र उपेन्द्र पक्षले निर्वाचन आयोगमा भने- ‘हामीलाई अलग गरिदिनुस्’
बाँके-बर्दिया, ईण्डयाउ यह क्या कर्दिया !


विद्यार्थीलाई आफूखुसी नम्बर दिएको र प्रश्नपत्र बाहिर्‍याएको आरोपमा २ जना उप-प्राध्यापक बर्खास्त
विद्यार्थीलाई सोधेरमात्र नम्बर दिनुपर्ने जिकिर !

‘काठमाडौंमा भित्तेलेखन गर्न पाइन्न’: मेयर शाक्य
पार्टीका नारा बाहेक !

ओली-नेपाल विवाद : आजदेखि कार्यदलको बैठकमा औपचारिक ‘छलफल’ हुने
छल माधव नेपालतिर, फल केपी ओलितिर 


कोमल कविता : 
बाँदरहरुकाे देश हुँदैन,
ढेडुहरुकाे भेष हुँदैन,
कुकुरहरुको Base हुँदैन
भुतहरुको Face हुँदैन 
‘फेकु’हरुकाे फेस हुँदैन

कडा कविता :
छेपारेहरुको रंग हुँदैन, 
चेपारेहरुको ढंग हुँदैन, 
मुर्तीहरुको अंग हुँदैन,
फुर्तीहरुको रङ्ग हुँदैन !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com