‘मैँ काण्डुँ, मै फण्डुँ, दण्ड-न्याय मैँ गरुँ !’

प्रकाशित मिति: २४ असार २०७८, बिहीबार १८:५८

संसदीय व्यवस्थाको गोलचक्करः सुध्रियो संविधान, सुध्रिएन व्यवहार 
जस्तो जनता त्यस्तै नेता, जस्तो नेता त्यस्तै ब्यवस्था !


माओवादी केन्द्र खारेजीको माग : चियाको कपमा तूफान ल्याउने जस्तो प्रयास !
चिया छानेको, ओलीले फुटाउन कति जानेको !


ओली–नेपाल भेटवार्ता : सम्वाद भयो, सहमति भएन
किनकी सहमती हुनलाई मति समान हुनपर्छ !


सार्वजनिक सवारी र सरकारी सेवास्थलमै लागू भएन स्वास्थ्य मापदण्ड
तेस्रो लहर आउ, दोश्रो लहर भगाउ, चौथो कहर जगाउ !


बुवाको अन्तर्वार्तामा टिप्पणी गर्दा वडा अध्यक्षका छोराले गरे युवामाथि कुटपिट
हुने विर्यको कडा चाला, बाबू बिरोधीले कुटाई खाला ! 


ट्रम्पले हाले फेसबुक, ट्वीटर र गुगलविरूद्ध मुद्दा
भने- ‘चुनाव खर्च फिर्ता ले, जुकरभाइ राजिनामा दे !’


नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगकर्ता ८६ लाख ७० हजार
अर्को बर्ष डबल पुर्याउने विभिन्न अस्पताल तथा औषधि कम्पनिहरुको योजना !


एमाले कार्यदल बैठक बस्दै, आज सहमति हुनसक्ने नेम्वाङकाे दाबी
आज सहमतिपछी भोलि पुन:विमतिका आधारहरु खोजिने !


देउवा, प्रचण्ड र नेपालसँग विद्यार्थी नेताले खोजे प्रतिवद्धता : १२ सम्मको पढाइ नि:शुल्क र रोजगारीको ग्यारेण्टी
ओलीलाई भन्नुपर्ने हैन र !


नक्कली बुवा बनाएर नेपाली नागरिकता
नक्कली बाबुपनी बनाउन थालेछ कि क्या हो चाईनाले !


“अभियन्ता र युटुबरहरुका नाममा आएका व्यक्तिका कारण सुजिता मृत्यु प्रकरणको अनुसन्धानमा असहज’ : प्रहरी
सुजितालाई न्याय देउ, पुलिसलाई दबाब देउ तर प्रभावमा नलेउ ! 


‘मैँ काण्डुँ, मैँ फण्डुँ, दण्ड-न्याय मैँ गरुँ !
मैँ हिट हुँ, मै फिट हुँ, पङ्गु बनुन् पुलिसहरु !’
-युट्युबर्स पुराण, अध्याय एक

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com