सहमती : उसको हुञ्जेल बाँडीचुँडी खाने, सकिएपछि आफ्नो-आफ्नो खाने !

प्रकाशित मिति: २६ असार २०७८, शनिबार १८:०७


महामारीका बीचमा एक वर्षमै थपिए ५८ लाख इन्टरनेट प्रयोगकर्ता
ईन्टरनेट नभएका स्थानहरुमा चाहिँ ५८ लाख जनसंख्या थपियो होला !


यत्रतत्र नक्कली सरकारी कागजात : मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत दाउमा
सरकारी कागजातमात्र हैन, सरकारी रवैया, शैली र कार्यान्वनपनि नक्कली !


महिला सांसदले उठाएका सवाललाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो 
टिकटक र ईन्स्टा माध्यामले त उनैलाई प्राथमिकता दिएझैँ लाग्छ !


मनपरी भाडा असुल्दै उपत्यकाका सार्वजनिक सवारी
मौकामा त असुल्ने हो नि, फेरी कुनबेला लकडाउन हुने हो !


‌गगन थापाको प्रश्न- ‘प्रधानमन्त्री ज्यू, झलनाथको उपचार खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?
‘‌कि कानुनको सोझो हो कि त नुनको सोझो हो । गुनको सोझो त हुँदै हैन !


अन्तिम रूप दिइने भन्दै आज पनि एमाले कार्यदल बैठक बस्दै
अन्तिम रुप दिन खोज्दा अन्तिम कुरुप खतरा कायमै !


देउवाले तितरबितर पारेको संस्थापन इतर : पौडेलसँग बिच्किएकाहरु कसरी जुट्लान् १४औँ महाधिवेशनमा ?
तिम्रो हुञ्जेल बाँडीचुँडी खाउँ, सकिएपछि आ-आफ्नाे खाउँ ! 

रामकुमारी झाँक्रीको कटाक्ष : ‘ओलीलाई आजीवन प्रधानमन्त्री र अध्यक्ष बनाइदिऔं !’
ओलीले भने- त्यो पर्दैन !


ज्योतिषलाई चिना हेराएरै उपप्रधानमन्त्री बनेका थिए राजेन्द्र महतो !
आफ्नो हातको साटो पार्टीको हालत देखाएको भए हुने !


‘मैले चढ्ने गाडी कति मूल्यको हो, मलाई नै थाहा छैन’ : मुख्यमन्त्री शेरधन राई 
जुन राम्रो छ त्यही ल्याउ भनेको हो क्यारे !

(तस्विर : सोसियल मेडिया)

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com