अदा-लात च्याम्पियन : हामीलाई चाहिने मान्छे आउला त करोडको मज्जा लिएर ?

प्रकाशित मिति: २९ असार २०७८, मंगलवार १५:१९

‘राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाऊ’ : विवेकशील साझा
विवेकशिल साझा राष्ट्रपति बनाउ, हैन्त ?

देशवासीको नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने तयारीमा ओली, स्थायी कमिटी स्थगित
पिपुल विल  मिस योर दुई तिहाई जोक्स केपि बा !


सर्वोच्च अदालत: कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
परमादेशले गरमादेश, गरमादेशले ठहरमा देश !


सर्वोच्चको आदेशपछि यादव पक्ष उत्साहित, ठाकुर पक्षमा अन्योल
उत्साह + अन्योल = रनभुल्ल !


‘संसद् जोगाउने विषयमा सम्भवतः एमाले एकै ठाउँ उभिन्छ’ : घनश्याम भुसाल
र भन्नेछ- माफ गर संसद, हामीले तिमिमाथी अत्याचार गरिरहनेछौँ ।


‘ओली सरकारले गरेका भ्रष्टाचार र अवैध कामको छानबिन गर्नुपर्छ’- नागरिक आन्दोलन
कुन पार्टीको नागरिक आन्दोलन होला !


देउवालाई ७ चोटि प्रधानमन्त्रीको भविष्यवाणी गर्ने ज्योतिषको बूढानीलकण्ठमा खोजी 
ज्योतिष युट्युबमा ईन्टरभ्यु दिन ब्यस्त !


क्युवामा दशकौंयताकै ठूलो प्रदर्शन, प्रदर्शनकारीसँग लड्न समर्थकलाई राष्ट्रपतिको आग्रह 
क्युबाली लडाउने कोमेरिका हो ?


बदलियो राजनीतिक दृश्य : माधव नेपालले छाडे विपक्षी गठबन्धन, देउवालाई चटारो क-कसलाई लिने सरकारमा ?
को कसको हो, को कसको हो, कसले चिन्न सक्छ र !


माओवादीबाट सरकारमा जाने मन्त्रीहरूकाे टुंगो प्रचण्डले लगाउने
पन्ध्रदिने मन्त्रीको रुपमा डामिने डरले नेताहरु भागाभाग !

(तस्विर : सोसियल मेडिया)

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com