ढेडु, बाँदरको क्यारिकेचर : कोरोनालाई घाटा, कमेडीलाई फाईदा !

प्रकाशित मिति: ६ श्रावण २०७८, बुधबार १४:५२

महामारीमा म्यानपावरलाई टिक्नै सकस, तीन सयले छाडे व्यवसाय
यो समय म्यानपावर हैन, ज्यानपावर बढाउने हो !


‘एमाले जोगाउन केपी-माधवसहित पहिलो पुस्ता विदा हुनुपर्ने अवस्था आउन सक्छ’ – यज्ञराज सुनुवार
देश जोगाउने तेश्रो पुस्ताको आउनुपर्ने अवस्था !


नेपालपक्षीय सांसदको शर्त– ‘ओलीले अध्यक्ष छाडे मात्रै एमाले एकता’
ओली पक्षीय सांसदकाे शर्त – ‘माधवले पार्टी छोडेमात्र एमाले एकता’ !


‘डेल्टा भेरियन्टविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप निकै कम प्रभावकारी’
यसरी तर्साएर पनि मानिसलाई कमजोर बनाईन्छ !


कांग्रेसमा क्रियाशील सदस्यता लिनबाट बञ्चित गर्न खोजेको नवप्रवेशीको गुनासो
नयाँ बुहारी घरमा आई, दाइजोको रुपमा कलह ल्याई !


‘झलनाथको उपचार खर्च सरकारले ब्यहोर्छ’: प्रधानमन्त्री देउवा, गगन थापा भन्छन्- ‘मिल्दैन’
देउवाको दनक, गगनको गनगन- कुन बलियो होला !


सीमानजिकै नेपाली पक्षले बनाउँदै गरेको नाला र कल्भर्टमा भारतीय पक्षको अवरोध
ईलाका मेरा धमाका तेरा, मेरा ईलाकामा दादागिरी तेरा !


पेगासस प्रोजेक्ट: फोनमा जासुसी गरिएको विवरणबारे भारतले स्पष्ट पार्ने नेपाली राजदूतको आशा
भारतले भन्यो-  ‘स्पष्ट हैन, हाम्ले ईस्- प्रष्ट पार्ने हो !’


‘माधव नेपालले एमाले छोडे पुत्ला नजलाईने’: महेश बस्नेत
पुत्ला जलेपनी नजलेपनी मट्टीतेलको सत्यानास !


प्रचण्ड भन्छन्– ‘पछिल्लो समय देशीविदेशी शक्तिहरुबाट हमला भइरहेको छ’
देशी विदेशी शक्ती’ नभएको भए कम्युनिस्ट राजनीति हुन्थ्यो र !


कोरोना संक्रमण उकालाे लाग्दै, रोकिएन भिडभाड र प्रदर्शन !
बाँदर, ढेडु, अरिङ्गाल, बारुलामा कोरोना नसर्ने : प्रदर्शनकारीले रुप फेर्न थाले !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com