कस्टम क्लियरेन्स : गुन्द्रुक, गुँदपाक, सुकुटी, ससेज !

प्रकाशित मिति: ८ श्रावण २०७८, शुक्रबार २१:३०

एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा
राष्ट्रिय सहमतीकोलागि अन्तरास्ट्रिय सम्झौता !

केपी ओलीले भने- ‘दोस्रो अध्यक्ष दिन तयार छु भन्दा पनि माधव नेपालले एकतामा इच्छा देखाएनन्”
म कसैले दिएको अध्यक्ष लिनेवाला छैन, आफैं लिने हो !’ -माधव नेपाल


रावल निवासमै पुगेर माधव नेपालले भने- ‘केही नसोची राजीनामा फिर्ता गर्नुहोस्’
‘माधव नेपाल सोच्न पनि दिँदैनन् !’ -ओली समुह


ठमेलको ट्रेकिङ सामान बेच्ने पसलमा अचेल पाइन्छ तरकारी-फलफूल 
ट्रेकिङमा जानपनी त तरकारी फलफुल चाहिन्छ !

एमाले एकताका लागि जगन्नाथ खतिवडाको सूत्र : ‘ओलीले तत्काल राजीनामा दिएर माफी माग्नुपर्छ’
आफ्नै हात, जगन्नाथ ! अरु जगन्नाथको शुत्र किन मान्ने !


‘कांग्रेस संकटमा पर्नुको कारण मुखमा बीपीको गुणगान, काममा आफ्नै सानो सोच’: बाबुराम भट्टराई
यति ज्ञान आफ्नो पार्टीमा पनि लागि गरिदिए हुन्थ्यो !


अष्ट्रेलिया गएका नेपाली जोडीले लगेजभरि खानेकुरा र बिऊ लगेपछि विमानस्थलमै रोकियो 
बिदेश जाँदा दशपटक सोचेरमात्र लैजानुपर्ने सामानहरु- गुन्द्रुक, सिन्की, तितौरा, मस्यौरा, गुदँपाक, गुड्का, बानी, ब्यहोरा आदि ईत्यादी !

खोप लगाउन होइन, लगाएको प्रमाण लिन मध्यरातदेखि लाइनमा
महामारी समेत डराउने हाम्रो  महान् बानी- ज्यान जओस् बट पेलपाल, ठेलठाल नजाओस् !


कार्यविधि मिचेर ओलीले पनि लिए सुरक्षाकर्मी
सुरक्षाकर्मी पो लिएको हो त सुरक्षा त हैन नि !


अमरेश सिंहलाई कारवाही नगरे मन्त्रीसहित एक दर्जन नेताद्वारा सामूहिक राजिनामाकाे चेतावनी 
काङ्ग्रेसमा वारि पारी, दर्जनमाथी एक भारी

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com