जोक्स : तीन, आईतबारको दिन

प्रकाशित मिति: १७ श्रावण २०७८, आईतवार १०:५१

एक युवा कुण्डली हेराउन ज्योतिषीकोमा गएपछि

युवा : ‘गुरु, मेरो जीवनमा आर्थिक प्रगति कस्तो छ ?’

ज्योतिषी : ‘तपाइंको कुण्डलीमा त प्रशस्त पैसा देखाउछ ।’

युवा : गुरु, ‘मेरो कुण्डलीमा भएको पैसा बैंक एकाऊण्टमा कसरी ट्रान्सफर गर्न सकिन्छ ! ?’

***

गाउँमा बिजुली आउने भएपछि गाउँलेहरु खुशीले सडकमै नाच्दैथे । बाटोमा हिडिरहेका कुकुरहरु समेत नाच्न थालेपछि

रोहन : (कुकुरसंग) ‘हामी त बिजुली बल्ने खुशीमा नाच्यौं, तिमीहरु किन ?’

कुकुरहरु : ‘हामी पनि पोल नढल्ने आशामा  नाच्यौं !’

***

नेपाली विषयको कक्षामा पढाइ हुँदै गर्दा

शिक्षक : ‘रोहन, ल भन त स्वर र व्यंजनमा के फरक छ ?’

रोहन : ‘स्वर मुखबाट बाहिर निस्किन्छ, व्यंजन मुखबाट भित्र जान्छ सर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com