‘कोभिड प्रेस ब्रिफिङवाला डा. सा’ब : युनिफाईड अस्पतालबाट प्रसुतीमा खस्पताल ! किन होला ?

प्रकाशित मिति: १८ श्रावण २०७८, सोमबार १७:१२

बाख्रासँग बिहे गर्ने युवक र बिहे गराइदिने पण्डित प्रहरी नियन्त्रणमा
के युवकहरु युवतीदेखी वाक्कै भएका हुन् त !

भुटानले ३ लाख डोज अस्ट्राजेनेका खोप दिने
अस्ट्राजेनेका, भुटान देनेका, नेपाल लेनेका, भारत छिनेगा, चाईना किनेगा !

सरकारले भएकै खोप वितरण गर्न सकेन, ४० लाख डोज भण्डारमै
वितरण गर्न नसकेको होईन, भ्याक्सिन लगाउने आफन्त खोज्दै होला !

अखाद्य प्रमाणित झण्डै दुई लाख किलो बटर डीडीसीले बेच्यो जनतालाई
दुग्ध ‘विकास’ संस्थान हैन र ?

एकता वार्ता चलिरहँदा एमालेमा महाधिवेशनको प्रस्ताव
धेरै राम्रो तर्क, महाधिवेशनमा सब सहभागी हुनुपर्छ, भैहाल्यो नि एकता !

अमेजनमाथि युरोपमा १ खर्ब जरिवाना
जत्रो जरिवाना हालेपनि अमेजनले केही पाठ सिक्ने हैन, टाट पल्टिने हैन !

भुवन केसी भन्छन्–‘नेपाली फिल्ममा ‘नेपोटिज्म’ छैन’
अनमोल केसी आफ्नो छोरा होइन भन्न खोजेको हो कि के हो !

‘आफ्नो पार्टीको सरकार ढाल्नेबाट केही पनि सिक्न सकिँदैन’: ओली
आफ्नो पार्टीको सरकार ढाल्न सिक्न सकिन्छ त !

ओलीले भने : ‘दमन शुरु भइसक्यो, मान्छेहरु निष्कासन हुन थालिसके’
ओलीमाथी दमन ? अहो, नपत्याउने बीस वमन ! अब ओलीको भाषण आलोचनामा मात्र सीमित हुने भो

माधव नेपालले भने- ‘अध्यक्ष होइन, अधिकार चाहिन्छ’
अध्यक्ष स्वीकार गर्नुस् न त, अध्यक्ष भएपछि अधिकार पाइन्छ ।

देउवाको ज्योतिषले दिए हजारौं बर्ष अघि लेखिएका शास्त्रमा रहेर राजनीति नगर्न चेतावनी
हजारौं बर्ष अघि लेखिएका शास्त्रमा रहेर ज्योतिष गर्नचाहिँ मिल्ने हो गुरु ?

‘कु’ मार्फत सत्ता हत्याएका म्यानमारका सेना प्रमुखले आफैलाई प्रधानमन्त्री घोषित गरे
‘कु’बाट प्रम भएको घोषणा हुनेबित्तिकै म्यान्मारका जनताले गरे  ‘थु’ !

विवेकशील साझाका संयोजक मिलन पाण्डे भन्छन्– ‘भविष्य देखाउन नसक्नेहरू विगतको भूतले तर्साउँछन्’
भविष्य देख्ने देखाउने काम युवा नेताहरुको हो ।

स्वास्थ्य राज्यमन्त्रीले तलब भत्ता नलिने
तलब भत्ता नलिएपनी कमाई भने लिन सक्ने !


कोभिड युनिफाईड अस्पतालको कार्यकारीबाट प्रशुती गृह सरुवा गरिए प्रा.डा. जागेश्वर गौतम ! भन्छन् – ‘काम गर्नै दिएनन् ।’
सरकार परिवर्तनको मारमा, कोभिड अस्पताल र उपचार ! ‘कोभिड-१९ प्रेस ब्रिफिङ’मा नै सरुवा गरिदिया भए हुने ! डा.सा’बलाई मिस गर्या छ जनताले, नाक कोट्याउन !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com