भुमी आयोग गयो, कसलाई फाईदा भयो ?

प्रकाशित मिति: २१ श्रावण २०७८, बिहीबार ११:०५


‘क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउँछु’: पारस खड्का
गर्ने भए युवा हुँदै गर्दा राजनीतिमा प्रवेश गरेको राम्रो, बुढो हुँदासम्म सफल पनि हुन सकिन्छ !


‘कुलमान बाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्‍ने धारणाले संस्था र प्रणाली असफल हुन्छ’ : नवराज सिलवाल
प्राधिकरणलाई राम्रो नाम दिने काम कुलमानले नै गरेका छन् त के गर्नु ! 


रवीन्द्र मिश्रलाई पाण्डेसहित ४ नेताको काउन्टर : ‘उल्टो हिँडेर अगाडि बढिँदैन’
उमेर बढ्दै गर्दा उल्टै हिँड्न खोज्दा रहेछन् नेताहरु !


जाजरकोटमा वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे, प्रहरीको रोहबरमा मिलापत्र
दाम्लोले बाँधेर जनावर पिट्नु नै अमानविय हो, मान्छे कसरी पिट्न सकेको !


एमालेको ‘वार’मा राजनीतिक दृष्टिकोणमा एकता खोज्ने प्रयास, तर तयार छैनन् ओली- नेपाल
एमालेको ‘वार’मा दुबै पक्ष वार कि पार भनेर बसेका छन् नि त ! 


पक्राउ परेपछि माछा तस्करीमा संलग्नले कराउँदै भनिन्, ‘प्रहरीको भर हुँदैन, कहिले पक्रन्छ-कहिले छाड्छ’
प्रहरीको काम नै त्यही हो, कहिले पक्रिने कहिले छोड्ने !


अफगानिस्तानका रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीको हमला, कम्तीमा चारको मृत्यु
बिडम्बना १ : ‘रक्षा’मन्त्रीको घरमा आक्रमण, बिडम्बना २ : मुस्लिम भएर पनि आतंककारी !


माओवादी केन्द्रले भन्यो, ‘दार्चुला घटनामा भारतले माफी माग्नुपर्छ’
मोदीले नेपाल र भारत साथी हुन् भनेका छन्, साथीसँग के माफि माग्नु ! 


झलनाथ खनालको मृर्गौला प्रत्यारोपण सफल 
३० लाखको मृर्गौला हो, सफल हुनै पर्‍यो नि !


‘देउवा सरकारले गरिबको जीवनसँग खेलवाड गर्यो’ – पूर्वमन्त्री प्रभु साह
गरीबको जीवनसँग खेलवाड कुन सरकारले गरेको छैन र !


विमला वलीको ओहोर-दोहोर : फेरि माओवादी केन्द्रमै
आन्तरिक पर्यटक !


भुमी आयोग खारेज भयो 
आयोगका नेता खारेज गर्नु त ठिकै हो । आयोग नै खारेज गर्दा सरकारलाई फाईदा सुकुम्बासीलाई घाटा हुने पक्का छ ।

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com