छिनमा सहयोद्धा छिनमा गद्धार, आँखा झिमिक्क, अडान गायब !

प्रकाशित मिति: २२ श्रावण २०७८, शुक्रबार २०:०३

नेपाललाई केन्द्रीय सदस्यहरुको सुझाव : ‘सम्मानजनक एकता नभए विद्रोह’
कम्युनिस्ट मानसिकता : भनेजस्तो नहुने बित्तिकै बिद्रोह 


‘माडीका ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागेपछि प्रचण्ड आत्तिए’ : महेश बस्नेत
प्रचण्ड अचेल छिट्टै आतंकित हुन, हैरान हुन र आत्तिन थालेका छन् , नतर्साओ न !


प्रदेश सरकारले भन्यो- ‘सांसद विमला वली स्वेच्छाले मुख्यमन्त्री निवासमा बस्नु भएको हो’
स्वेच्छाले आफ्नो घरमात्र बसिन्छ, बाँकी सब बन्धक भएर हो । 


‘अनुगमन र मुल्याङ्कन गर्ने निकायको पनि अनुगमन र मुल्याङ्कन गरौं’ : परशुराम मेघी गुरुङ
त्यसको पनि अनुगमन र मुल्याङ्कन गरौँ, अनि त्यसको पनि !


नेपाल पक्षको बैठक : ओलीलाई आत्मालोचना गर्न माग
नेपाललाई गद्दार भनिरहेका ओलीले आत्मालोचना गरेभने पात काटेर कानमा राखिदिन्छु !

‘ओलीले जति गाली गरे पनि एकता होस् भन्ने चाहन्छु’ : माधव नेपाल
के यो माया हो ? 


नेपाल समूहको निष्कर्ष: एकता सम्भव छैन, तैपनि २४ गतेसम्म पर्खौँ !
आशाबाद पनि दुई दिनको अरे 


कोमल वलीले काँग्रेसलाई सम्झाइन् वीपीको नेतृत्व क्षमता
काँग्रेसलाई वीपीको नेतृत्व क्षमता सम्झाउन सक्ने व्यक्ति कोमल वली मात्रै  रहिछिन् !


घूस फिर्ता गर्ने ट्राफिक प्रहरी सम्मानित
प्रहरीको कर्तव्य पुरा गर्दा पनि सम्मान ! तलब नै बढाइदिनु नि !!


तालिवानद्वारा अफगान सरकारका मिडिया प्रमुखको हत्या
विदेशी सेना हुँदा पनि हिंसा, छोड्दा पनि हिंसा, तालिबानको लक्ष्य त्यही त होला नि !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com