बराहको प्रतिमा : बँदेल र सुँगुर के भन्छन् ? प्रतिमा हाम्रो पनि बन्छ हो मान्छे !

प्रकाशित मिति: २३ श्रावण २०७८, शनिबार १८:३०

बाँदरप्रति वैरभाव : मान्छे किन आफूजस्तै प्राणी विरुद्ध एकोहोरिएको ?
काम बिगार्ने बित्तिकै सानै देखि “बाँदर” सुन्नु परेकोले !

मेलम्चीका बाढी पीडितलाई तत्काल राहत दिन सरकारलाई राप्रपाको आग्रह
धेरै पछि नाम सुनिएको राप्रपालाई नेपाली समाचारमा पुन: स्वागत छ !

डीएसपी हुँ भन्दै सुनका बाला लुटपाट गरेको आरोपमा एक जना पक्राउ
हवल्दार हुँ भनेको भए पक्राउ पर्दैन थिए होला !

ओली र नेपालको घर झगडा : न सम्बन्ध, न सम्बन्धविच्छेद !
एकता हुने हो पनि, होइन पनि, सरकारमा जान मन छ पनि, छैन पनि !

अनु मलिक माथि किन लागिरहन्छ संगीत चोरीको आरोप ?
आरोप लागिरहने त चोरेरै होला नि !

बाढी पहिरोको क्षति निरीक्षणका लागि उर्जामन्त्री भुसाल र प्रचण्ड मनाङमा
निरीक्षण गरेर टार्ने त हो, सजिलो छ !

मुस्ताङका कैदीबन्दीहरुको गुनासो: ‘भत्किएको जीर्ण भवनमा सुत्‍नै सकिएन’
कैदीबन्दी भएपछि सुत्न त यसै पनि गार्हो हुँदो हो ।

प्रधानमन्त्री देउवाले कांग्रेसका युवा नेताहरुलाई भने: ‘मलाई खबरदारी गर्नूस्’
पछि लाग्दै व्यस्त हुने युवा नेताले के खबरदारी गर्लान् र !

अमेरिका र यूकेद्वारा तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई आग्रह
सेनाले नि छोडे, नागरिकले पनि छाड्ने, अमेरिका र युकेले आफ्नो छाप पनि छाडे !

‘बहुदलीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन संविधानको सफल कार्यान्वयन गर्नुपर्छ’ : माधव नेपाल
त्यो त अभियस कुरा हो, केही नयाँ भनौं !

उदयपुरको बेलकामा ६० लाख लागतमा ‘सुँगुर’को प्रतिमा
बँदेलले सोध्यो- ‘भाइ, तँलाई कसले सुँगुर नाम दिए नि ?’
सुँगुरले भन्यो- ‘दाई, मान्छेको कब्जामा पर्नुअघि बँदेल नै थिएँ  नि !’

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com