रोस्टममा ओलीबा : अध्यक्ष र व्यङ्ग्यचाहिँ कहिल्यै नछोड्ने देखियो !

प्रकाशित मिति: २६ श्रावण २०७८, मंगलवार १८:५०

काठमाडौं उपत्यकामा मास्क नलगाउने व्यक्ति गाडी चढ्न नपाउने
मास्क लगाइसकेपछि गाडी भिँड चाहिँ
गर्न पाइने होला हैन !

अत्यावश्यक बाहेकका सवारी साधन बेलुका ८ बजेपछि चलाउन नपाइने
स्वार्थी मान्छेलाई आफ्नो सबै काम अत्यावश्यक लाग्छ, तिनीहरुलाई छुट छ कि छैन ?

प्रधानमन्त्री देउवालाई ओलीको व्यंग्यात्मक आग्रह – ‘मेरो पार्टीका सांसदलाई मन्त्री दिनुस्, प्लिज !’
प्रधानमन्त्री छोड्नु परे पनि ओलीले अध्यक्ष र व्यङ्य छोड्नेवाला छैनन् !

प्रधानमन्त्रीप्रति ओलीको कटाक्षः ‘एक महिना खेर गयो, बाँकी समय शुभकामना खाएरै जाने भयो’
शुभकामना नै ढिलो आएपछि के गर्नु त ?

ओलीको सम्बोधनपछि बाबुरामको टिप्पणीः ‘जो चोर उसको ठूलो स्वर !’
बोल्ने ठाउँ पाएपछि स्वर जसको नि ठुलो हुन्छ काम्रेड !

‘ओली ‘फोबिया’का कारण देउवा सरकार विस्तार हुन सकेको छैन’ : खिमलाल भट्टराई
हुँदा ओलीबाद, नहुँदा ओली फोबिया, ओली बिना नेपाली राजनीति चल्न सक्दैन ?

‘अमेरिका गैरजिम्मेवार रुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो’ : पाकिस्तानी विदेशमन्त्री
वास्तवमा भन्नुपर्दा मन्त्रीज्यु अफगानिस्तानको समस्या तालिबान हो, त्यसैले अफगानिस्तानमा समस्या पहिलैदेखि थियो !

ट्राफिक प्रहरीले ‘नो हर्न’ र ‘मास्क खै’ अभियानमा कडाइ गर्ने
मास्क लगाएर हर्न बजाउनेलाई चाहिँ आधा सम्मान गरिने !

ओलीतर्फ संकेत गर्दै माधव नेपाल भनेः ‘कसैको टाङमुनि छिर्नेवाला छैनौँ’
छिर्न त ओली पनि कसैको टाङमुनि छिर्दैनन् नि, जित कसको ?

विमलेन्द्र निधिको आग्रह: ‘शेरबहादुरजी सरकार राम्रोसँग चलाउनू, महाधिवेशनमा मलाई सघाउनूस्
महाधिवेशनमा सघाउने बारे ज्योतिषलाई सोधेपछि मात्र थाहा हुन्छ ! 

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com