भ्रष्टाचारीसँग दुस्मनी साँध्ने काम किन गर्छ अख्तियार, हँ ?

प्रकाशित मिति: २८ श्रावण २०७८, बिहीबार ०९:२५

‘ललिता निवास प्रकरणको नाममा अख्तियारले मसँग काम गर्‍यो’ : गच्छदार
अख्तियारले सबै भ्रष्टाचारीहरुसँग दुश्मनी साँध्‍ने काम गर्छ !


‘ओली प्रवृति अन्तिम चरणमा पुगेको क्‍यान्सर जस्तै’ : डा. बाबुराम भट्टराई
क्यान्सर जस्तो रोगको बारेमा डाक्टरको कुरा मान्नै पर्‍यो नि ! 


‘प्रचण्डलाई मायाजालमा पारेर ओली खुत्रुक्क प्रधानमन्त्री बनेका हुन्’: रामनारायण बिडारी
द्वन्द्व जितेर आएका प्रचण्डलाई मायाजालमा पार्न कति सजिलो रहेछ त ! 


कुलमानबारे देउवाको ज्योतिषी : ‘शिव योग परेको दिन चन्द्रमा दाहिने पारेर देशको सेवामा लाग्नु शुभ दिन’
कुलमान प्राधिकरणमा फर्किने जुन दिन पनि देशकालागि शुभ दिन हो नि !


कुलमानको पदबहालीमा देखिएको ‘क्रेज’, किन गरे एक महिनासम्म मिडियामा नआउने घोषणा ?
अरे यार, कुलमान घिसिङ हुन्, आफ्नो कार्यकाल भरी मिडियामा आएनन् भनेपनि ढुक्क बस्दा हुन्छ ! 


चुरोट कम्पनीले फोक्सो उपचारको औषधि उत्पादन गर्ने कम्पनी खरिद गर्न खोज्दा विवाद
व्यापारी मनसाय यस्तो पो त : समस्या पनि बेच्ने, समाधान पनि !


‘तालिबानसँग अफगानीहरु आफैं लड्नुपर्छ, सेना फिर्ता बोलाएकोमा पछुतो छैन’: बाइडेन
अमेरिकालाई कुनै कुरामा पनि कहिलै पछुतो हुँदैन ! 


उपराष्ट्रपति कार्यालयको हुँ भन्दै ठग्ने एक जना पक्राउ
ठग्ने नै भएपछि राष्ट्रपति कार्यालय कै अधिकृत भन्नु नि ! 


‘एमसीसी पारित गर्न ओलीको त केही लागेन, शेरबहादुरजीले पनि सक्नुहुन्न्’ : चित्रबहादुर केसी
तसर्थ देउबाभन्दा ओली शक्तिशाली हुन् भन्न खोजेको हो ?


दार्चुला घटनाबारे बुझ्न जाने पत्रकार, वकिल र मानव अधिकारवादीलाई ‘नो इन्ट्री’ !
सम्बन्धित निकायलाई पनि “नो इन्ट्री” भएजस्तै त हो नि, काम केही गरेको छैन ! 

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com