खोप भन्दै नुनपानीको सुई,कोभिड आतंक भेरियन्ट दुई !

प्रकाशित मिति: २९ श्रावण २०७८, शुक्रबार १९:४५


‘मेरो प्रशंसा गर्दै बनाइएका भिडियोलाई रोक्न लगाइसकें’ : प्रधानमन्त्री देउवा
बनिसकेका भिडियो भने हेर्न नछोड्ने !


‘कानुनी रुपमा एमाले अध्यक्ष ओली नै हो’: सुरेन्द्र पाण्डे
त्यो कुरामा त माधव नेपालको पनि दुई मत छैन होला नि !


ओलीप्रति लक्षित मात्रिकाको ‘मेन्टल्ली फिजिक्लली’ अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ
बोल्नेले बोलिसके, सुन्नेले सुनिसके, अब हटाएर के गर्नु ? 


प्रधानमन्त्री देउवालाई शेखर कोइरालाको प्रश्न- ‘किन मन्त्रिमण्डल विस्तार गर्नुभएन ?’
एक महिना त भयो नि प्रधानमन्त्री भएको, धैर्य गरौँ न ! 


‘ओली–माधवबीच तत्काल एकता सम्भव छैन’ : वामदेव गौतम
देउबाको सरकार छ, तत्काल एकता जरुरी पनि छैन ! 


जर्मनीमा कोभिड खोप भनेर एक नर्सले आठ हजार जनालाई नुनपानी लगाइदिएको खुलासा
सुन्दा त नेपाली नर्सले गर्ने काम जस्तो छ त ! 


एक महिने समीक्षा : कछुवा गतिमा सरकार
बुढा मान्छे खरायो गतिमा हिंड्न सक्नु पनि त पर्‍यो नि ! 


देउवा निवास घेरिएकोप्रति अजय चौरसियाको आक्रोश
निवास घेरिएको मात्रै हो अनि चौरासियाको पनि आक्रोश मात्रै हो, कतै केही बिग्रेको छैन !


जुवाडे भगाएको आरोपमा ५ प्रहरी निलम्बित
केटी भगाएको भए पो पुरस्कृत गर्नु !


‘तेस्रो लहर आउन सक्छ, आइसोलेसन र अस्पताल तयारी अवस्थामा राखौं’ : गृह मन्त्रालय
यता त तयारी गर्द गर्दै चौथो लहर आउला !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com