चुरोट भन्दा हानिकारक चिया !

प्रकाशित मिति: ३१ श्रावण २०७८, आईतवार १०:१३

गुट्का चपाउदै चन्दनजी, चुरोट सल्काउँदै मदनजी आए ।
स्वस्थ रहनेबारे सल्लाह गर्दै भने – ‘चिया पिउने बानी स्वास्थ्यका निम्ति बढी नै हानिकारक हुन्छ  !’

***

मदन र गोपालबीच पहिलो भेट थियो । परिचयको क्रममा गोपालले मदनलाई सोधे- ‘तपाईँ के काम गर्नु हुन्छ ?’
मदनले मानिसको वाणी अनुसारको जवाफ दिदै भने – ‘म बुझ्दछु, तपाईँ मेरो काम जनाउन भन्दा मसँगको व्यवहारको स्तर बनाउन आतुर हुनुहुन्छ !’

***

चिनी रोगको लक्षण देखिएका सुगम विवाहको निम्ति केटी हेर्न गएर फर्किएपछि…

आमा : ‘छोरा, विवाहको निश्चित गर्यौ त ?’

सुगम : ‘अहँ, गरिन आमा !’

आमा : ‘किन र ?’

सुगम : ‘नाउ चिनीमाया रहेछ, डर लाग्यो !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com