तालिवानदाई, आफ्नालाई दु:ख नदेउ, अरुलाई छोडिदेउ !

प्रकाशित मिति: ३२ श्रावण २०७८, सोमबार १६:५३

‘देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं’ – तालिबान
आफ्नै देशमा शान्तिपूर्ण रुपमा बाँच्न चाहने अफगानिस्तानीहरुको लागि केही गरिदेउ न त ! 


२१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश
आदेश त आयो, कार्यन्वयन पो कसले गर्ने हो !


लुम्बिनीका मन्त्री शाहीले भने – ‘मलाई एमालेको ह्वीप लाग्दैन’
अहिलेको अवस्थामा त एमालेको ह्वीप कसैलाई नि लाग्दैन मन्त्रीज्यु !


टिकटकमा रातको ९ बजेपछि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन नआउने नयाँ फिचर, अब किशोरकिशोरीहरु ढुक्कले सुत्न पाउने
टिकटकले आफ्न प्रयोगकर्तालाई चिनेकै रहेनछ, त्यस्ता फिचरले टिकटक चलाउन कसैलाई रोक्न सक्दैन ! 


कुखुराको सुलीबाट बिजुली : ६२ केभीएको जेनेरेटर चल्दै
अब पालो बाख्राको बड्क्यौलाबाट पानी निकाल्नेको !


३३५ जना महिलासँग डेटिङ गरिसकेका व्यक्ति ३६५ पुर्‍याउने अभियान
माल बर्षको सबै दिनलाई त पुग्ला, त्यसपछि के ? ७३० पुर्याउने ? 


भारत र चीनमा गोल्डस्टारका नक्कली जुत्ता बनिरहेका छन् 
नेपालीले बनाएको जुत्ता हो, चान्स पाएपछि नक्कली बनिहाल्छन् नि !
 

संसारकै ठूलो पोर्नस्टार बन्न चाहन्थे शाहरुख खान !
भाग्यमा लेखेको हुनु पर्‍यो नि पोर्नस्टार बन्न !


‘यस्तै पारा हो भने माओवादीको काम छैन, किताब लेखेर बस्दा हुन्छ, अबको चुनावमा हामी एक नम्बर हुन्छौं, हेर्नुहोला’ : प्रचण्ड
माओवादीको पालो सकियो कि काम्रेड अब ? 


‘क्रान्तिकारी पार्टी निर्माण अहिलेको आवश्यकता हो’ : नारायणकाजी श्रेष्ठ
द्वन्द्वकालको इतिहास बोकेको पार्टी यो भन्दा कति क्रान्तिकारी हुनु 
?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com