फुट्नुको फाईदा : आन्तरिक पर्यटनको विकास र कार्यकर्तालाई पदगारीको सिर्जना !

प्रकाशित मिति: ३ भाद्र २०७८, बिहीबार १०:५८

एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी
आखिरमा अध्यक्ष पाइहाले नि माधव नेपालले !


राधाकृष्ण मैनालीको टिप्पणी : ‘एमाले विभाजनका नाइके ओली नै हुन्’
गलत! एमाले विभाजनका ‘कारण’ ओली हुन्, ‘नाइके’ त माधव नेपाल हुन् !


माधवकुमार नेपालको सुरक्षा बढाइयो, गाडीसहित पाँच सुरक्षाकर्मी थपिए
जाबो ओलीको बोलीबाट त्यत्रो सुरक्षा किन चाहियो क्या ! 


माधव नेपालको पार्टीको चुनाव चिह्न अर्को पार्टीसँग मिल्यो
‘खुला किताब’ राखेपछि मिलिहाल्छ नि, ‘खुला आकाश’ राखेको भए पो ! 


महन्थ ठाकुरले आयोगमा दर्ता गरे जसपा लोकतान्त्रिक, चुनाव चिन्ह साइकल
चुनाव चिन्ह गाडी राख्दा पो सरकारमा छिटो पुगिन्थ्यो कि ? 


कारागारमै हस्ताक्षर सनाखत गराएर नयाँ पार्टीमा लागे रेशम चौधरी
हस्ताक्षर त गर्ने रहेछ, त्यति गार्हो काम होइन नि ! 


काठमाडौंमा फोहोर थुप्रियो, मेयर भन्छन् : ‘पानी पर्‍यो भने अझै उठाउन सकिँदैन’
पानी नपरेको बेला चाहिँ केले रोक्यो ?


अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच अफगानिस्तानबारे छलफल 
सेना र नागरिक फिर्ता आइसके त, छलफल भन्दा पनि भलाकुसारी चाहिँ होला ! 


तालिबानका रहस्यमयी प्रवक्ता अन्ततः सार्वजनिक भए
विदेशी सेनाले छोडिसकेपछि तालिबानका प्रवक्तालाई डर के को ?


एक जनामा कोरोना संक्रमण देखिएपछि न्यूजिल्यान्डमा देशभर लकडाउन
एक जनामा मात्रै कोरोना संक्रमण कसरी देखियो ? 


कम्युनिस्टहरु फुटेको फुट्यै, कार्यकर्ता र समर्थकमा वितृष्णाको बाढी 
लोभले लाभ, लाभले बिलाप, त्यसपछि प्रलाप, लाष्टमा भल्यात्त !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com