मेस्सीले प्रयोग गरेर फालेको टिस्यु र पार्टीले प्रयोग गरेर छोडेका जनता !

प्रकाशित मिति: ४ भाद्र २०७८, शुक्रबार ११:३९

‘एमाले समाजवादीको बैठकमा जान्छु, एकताको जिम्मा दिन प्रस्ताव गर्छु’ : वामदेव
पार्टी विभाजनको पनि जिम्मा लिने कि ?

माधव नेपालसँग जानेलाई ओलीले भने : ‘नाम कटाएर आउनुस्, सँगै काम गरौं’
माधव नेपालसँग जानेहरु चाहिँ गद्दार होइनन् ?

‘माधव नेपालले दुई वर्षदेखि मलाई फोनै गरेनन्’ : ओली
भनेपछि रिस त पुरानो रहेछ नि !

‘हामीले लोकतन्त्र र संविधानको रक्षा गर्न अध्यादेश ल्याएका हौं’ : प्रचण्ड
अध्यादेशको विरोध गर्ने युवाहरुको रक्षा चाहिँ पशुपतिनाथले गरुन् ।

‘लिच्छविकालपछि केपी ओलीको समय स्वर्णयुग’ : महेश बस्नेत
भन्न केही बाँकी नभएर अब लिच्छविकालसँग तुलना गर्न थालिएछ !

नक्कली नेपाली नागरिकता लिएर करोडौँ ठगी गर्ने भारतीय नागरिक पक्राउ
मोदीले भनेजस्तो नेपाल-भारत साथी होलान् तर देश त छुट्टै हुन् नि !

लियोनेल मेसीले प्रयोग गरेर फ्याँकेको टिस्यूको ११ करोड
मेसीलाई कोरोना लागेको भए टिस्युको मुल्य अझै बढी हुन्थ्यो होला हैन ?

आफूहरूको विरोध गर्नेमाथि तालिबानले गोली चलायो, कैयौँको मृत्यु
‘तालिबान’ले गोली चलाएको हो, अचम्म मान्नु पर्दैन !

राज्यमन्त्रीबाट राजीनामा दिएको एक महिनासम्म पनि सरोज सिंह कुशवाहले फिर्ता गरेनन् गाडी
राजीनामामा ‘गाडी फिर्ता गर्दिनँ’ भनेर लेखेका छन् कि, एक चोटि हेरौँ त !

जनैपूर्णिमा र गाईजात्रा भिडभाड नगर्न प्रशासनको आग्रह
भिड्भाड नगरी गाईजात्रा कसरी मनाउनु ? 

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com