क्वाँटी र जनैकाे व्यापार किन घट्यो ?

प्रकाशित मिति: ५ भाद्र २०७८, शनिबार १९:०६

‘देउवा र ओलीले ल्याएको अध्यादेशमा आकाश जमिनको फरक छ’ : प्रचण्ड
हो नि, मन परेकीले त ठुस्क्याएको पनि मगमग बसाउँछ !


केपी शर्मा ओली भन्छन्, ‘एमाले अझै सबैभन्दा ठूलो दल’
माधव नेपाल जवाफ दिन्छन् – ‘पत्याइयो, पत्याइयो उत्तानो परेपनी टांग फिटिफिटी !’


कांग्रेसको क्रियाशील सदस्यता विवाद ‘सहमति नजिक’
अर्थात्, बण्डापत्र तयार हुँदैछ, सहिछाप बाँकी !


माधव नेपाललाई ‘छाडेका’ नेताहरुको ओलीलाई अपिल : ‘१० बुँदे अक्षरश: कार्यान्वयन गर’
नत्र होइन भने नयाँ घरको ढोका खुल्ला छ !


बालकोट वार्ता असफल, एमालेमा जन्मियो तेस्रो धार
यसपालीको चुनावमा जित माधव नेपालको नयाँ पार्टीको होला जस्तो छ ! 


समझदारीको अढाइ वर्षसम्म खुलेन नेपाली श्रमिकलाई जापानको ढोका
समझदारीमा नाममात्र जोडिन्छ सजिलै हुन्छ, कार्यान्वयन दाम गोदिन्छ कठिन बन्छ, खै कुरो बुझेको !


शेयर बजारमा हाइड्रो पावर सेक्टरमा आएको उछाल स्वाभाविक हो त ?
स्वाभाविक हो, पानी नै नभएका खोलाको मूल्य ५०० हाराहारी भएपछी खोलाको मूल्य १००० बराबरी !


‘नेपालमा ‘डेमोक्रेसी’ बिग्रिएर ‘डेमोनक्रेजी’ सुरु भयो’: छक्कबहादुर लामा
छक्कबहादुरजीले अंग्रेजी शब्द प्रयोग गरेर जनतालाई छक्क पार्न खोजेको आरोप 


सरकारविरुद्ध अनेरास्ववियूको भण्डाफोर सभा : कार्यकर्तामा देखिएन उत्साह
सभा गर्न बहाना चाहिने त हो नि विद्यार्थी नेताहरुलाई, कार्यकर्तालाई के मतलब ? 


सभामुखलाई ओलीको चेतावनी- ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन?’
धम्की त प्रधानमन्त्रीको जस्तो छ त ! 


जनै र क्वाँटीको व्यापार ह्वात्तै घट्यो 
महामारीको असर हो कि जनैको महत्व घटेको हो ! कोरोनाको असर हो कि क्वाँटी महत्व नबुझेको हो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com