आजका रमाइला चुट्किलाहरु : पर्यटकको केक युवाले कुल्चिदिए !

प्रकाशित मिति: ६ भाद्र २०७८, आईतवार १२:०१

दुइजना बच्चा साथमा लिएर एक महिला बसमा चढेपछि….
महिला (कण्डक्टर सँग) :’बच्चाहरुको त भाडा लाग्दैन नि ?’

कण्डक्टर : ‘१२ भन्दा माथि भए लाग्छ नत्र लाग्दैन ।’

महिला : ‘ए, त्यसोभए मेरा त नौ वटामात्र छन् !’

***

रोहन हतास हुँदै स्कुलबाट घरमा आएपछि….

आमा : ‘किन हतारिदै आइपुग्यौ छोरा ?’

रोहन : ‘दशानिघि सर पछिपछि आइ रहनुभा छ, त्यसैले डर लागेर !’

आमा : ‘ आफ्नै सरसँगपनी डराउनु पर्छ र ?’
रोहन : यो वर्षको अन्त्यतिर दशाले खेद्न सक्छ भनेर ज्योतिसीले भनेको बिर्सिनु भयो !’

***

एकजना गाउँबाट आएका युवा अंग्रेज पर्यटकले खाजा खाइरहको ठाउँमा पुगेपछि…

अंग्रेज (यवालाई केक दिंदै) : टेक दिस्, टेक दिस् ।’

युवा : ‘छैन, छैन, मैंले टेकेको छैन !’

अंग्रेज : ‘नो, नो, टेक दिस्, टेक दिस् !’

युवा : (केक भुइमा झारेर क्याच्च कुल्चिंदै) हैन, हैन भन्दा पत्याउँदैनस् , ल जा , अब चाहिं टेकिदिएँ  !’ 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com