कर उठाउन पञ्चैबाजा !

प्रकाशित मिति: ८ भाद्र २०७८, मंगलवार १८:४९

माधव नेपालसहित करिब सय जना नेता सांसदलाई चन्द्रागिरि रिसोर्टमा कोठा बुक
विवाह पछि हनिमुन जाने चलनको राजनीतिमा प्रवेश 


‘माधव नेपालले नयाँ पार्टी खोल्न हतार गर्नुभो’ : योगेश भट्टराई 
ओलीलाई एकता गर्न हतार थिएन नि त ! 


‘बिग्रिएको राजनीतिलाई कांग्रेसले सही ट्रयाकमा ल्यायो’ – डा. प्रकाशशरण महत
विपक्षीको आलोचना गर्न त जे पनि भनिन्छ है !


कुलमानको निर्देशन : ‘झ्याप्प-झ्याप्प बत्ती जान नदिन कठोर बन्नुस्’
उपभोक्ता त कठोर नै छन्, अब पालो कर्मचारीहरुको ! 


काठमाडौंमा मास्क लगाएर गाईजात्रा
के नयाँ कुरा हो र ? हास्यकलाकारहरुले उहिलेदेखि मास्क लगाएर गाइजात्रा गर्दै आएकाछन् ! 


काठमाडौं महानगरपालिकामा कर नतिर्नेको घर-आँगन र कार्यालयमा पञ्चेबाजासहित नाचगान गरिने
कर नतिर्दा यस्तो रमाइलो हुने रहेछ त किन तिर्नु पर्‍यो ? 


लागूऔषध राखेर पत्रकारलाई फसाउन खोज्ने दुई घुमुवा प्रहरी निलम्बित
पत्रकारको काम अरु दोषीलाई फसाउने हो, उनीहरुलाई फसाउने प्रयास नगरौँ ! 


‘आवश्यक परे तालिबानसँग पनि काम गर्छौं’ : बोरिस जोन्सन
आवश्यक नै परे त तालिबानले बेलायत पनि कब्जा गर्ला नि ! 


‘विश्वका ‘सुपरपावर’लाई पराजित गर्‍यौं, सबै अफगानीलाई सुरक्षा दिन सक्छौं’: तालिवान सुरक्षा प्रमुख
दिन त सकौला, तर के अफगानीहरुले सुरक्षित महसुस गर्छन् ? 


फेसबुकमा व्यर्थका पोस्ट बढी हेरिन्छन् !
फेसबुकमा गरिने भनेकै व्यर्थका पोस्ट हुन् त ! 

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com