चौथाईवाले वक्तव्य : ‘देखिनेगरी’ हस्तक्षेप गर्दैनाैँ

प्रकाशित मिति: १० भाद्र २०७८, बिहीबार १५:०४

नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीको दावी : अरु दलसँग एकता गर्छौं, चार महिनामा ठूलो पार्टी बन्छौं
हो, अब माधव नेपालले हिजो भर्खर खोलेको पार्टी नेपालकै ठुलो पार्टी बन्छ !

एमाले नेताहरुलाई डाँडामा लगेर थुनियो : केपी ओली
एमालेमै हुँदा पनि ति नेताहरुलाई थुनेकै जस्तो त थियो नि, नत्र किन छोड्थे ?

नेकपा (माओवादी केन्द्र) को प्रवक्तामा महरा
महराले जागिर पाउने ठाउँ भनेको माओवादीमै त हो !

दक्षिण चीनमा सूप बनाउनका लागि काटिएको थियो कोब्रा, २० मिनेटपछि डस्यो; शेफको मृत्यु
चीन लेख्नै पर्दैन, जनावरको सुप बनाउने कुरा देखेपछि बुझिहालिन्छ !

पार्टीमा आउन चाहनेका लागि ढोका खुल्लै हुन्छ : सांसद रामकुमरी झाँक्री
खुल्लै त हुन्छ, तर आउन चाहने को ?

अफगानीहरूलाई देश छाड्न नउक्साउन अमेरिकालाई तालिबानको चेतावनी
‘हामीसँग आफ्नो देशका नागरिकलाई आफु खुशी तर्साउने अधिकार छ’ – तालिबान

अलकायदाले दियो तालिबानलाई औपचारिक बधाई, भन्यो : तालिबानको जित विश्वलाई सन्देश
जित भएको अफगानिस्तानमा मात्रै हो, सन्देश गएपनि गलत गएको छ !

महन्थ ठाकुरलाई पीएम बनाउन खोज्दा पीए मात्रै भए : उपेन्द्र यादव
पीएम बन्न पनि भाग्यमा लेखेको हुनुपर्छ, नपत्याए देउबाको ज्योतिशलाई सोधौँ !

नयाँ पार्टी खोल्दै हृदयेश त्रिपाठी, पार्टीको नाममा समाजवादी राख्ने
आजकल त जो पनि समाजवादी, अब साँचो बोलेर पार्टीको नाम ‘निजवादी’ राख्ने कि ?

छिमेकको राजनीतिलाई भारतले नजिकबाट नियाल्छ तर हस्तक्षेप कहिल्यै गर्दैन : बीजेपी विदेश विभाग इन्चार्ज विजय चौथाइवाले
बाहिर देखिने गरी त पक्कै गर्दैन !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com