काठमाण्डौमा फोहोर र कोरोनाको संयुक्त सभा : महानगरपालिकाले प्रत्यक्ष प्रशारण गर्दै !

प्रकाशित मिति: १४ भाद्र २०७८, सोमबार १९:१३

‘एमाले फुटेको होइन, हामीले विद्रोह गरेका हौं’ : झलनाथ खनाल
तपाईंहरुले विद्रोह गर्नु भो, कार्यकर्ताको हरिवोजोग भो !


विराटनगर डिपोमा पार्किङ गरिएको ट्यांकर चोरी, एकजना पक्राउ
ट्याङ्कर चोरको भुँडी पक्कैपनी ट्याङ्करभन्दा ठूलो हुनुपर्छ !


‘छापा मार्नासाथ मन्त्री र नेताको फोन आउँछ’
छापा मार्नुको साटो नेता मार्नु भएन त ! 


वाईसीएलको अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई 
आ…केटाहरुको विश्वास हुन्न, आफैं बन्दिनोस् कमरेड !


फोहोर तत्काल उठाउने प्रबन्ध गर्न काठमाडौंका मेयरलाई प्रधानमन्त्रीको निर्देशन 
‘प्रबन्ध अस्ति नै गरिसकेको हो, उठाउनमात्र टाईम लाग्छ’ !  – मेयरको जवाफ


के अफगानिस्तान अमेरिकी पराजयको प्रतीक हो ? 
हैन, दक्षिण एसियामा अरा जकताको संकेत हाे !


ईश्वर पोखरेलद्वारा गठबन्धनलाई ‘टालाटुली’को संज्ञा 
आफुले गरे सारीचोली, अर्काले गरे टालाटुली !


कालोमोसो दल्नेलाई कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित 
कारवाहीमा भैसीलाई लगाउने सुई हान्ने योजना !


युवाहरुले दिए मेयरलाई फोहोर उपहार
उपहार ग्रहणपछि मेयरले भने- ‘तपाईंहरुलाई यो भन्दा धेरै उपहार दिनेछु ।’

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com