‘उन’ले कसरी घटाएछन् २० किलो वजन ?

प्रकाशित मिति: १५ भाद्र २०७८, मंगलवार २०:०३

झलनाथ खनाल सोमबार काठमाडौं फर्किए
हामीलाई कोसेली के छ ? त्यही नयाँ मृगौला हो ?

एमालेको अध्यक्षका लागि योग्य छु : ईश्वर पोखरेल
हो, आफ्नो योग्यताको मुल्याङ्कन आँफै गर्ने अर्को अध्यक्षको खाँचो छ एमालेलाई !

नेपाल आइपुग्यो भारतीय फुटबल टोली, ‘नेपाललाई हल्का रुपमा लिन सक्दैनौँ’
खै, भारत सरकारले त हल्कै रुपमा लिन्छ !

काठमाडौं महानगरमा फोहोर उठाउन आनाकानी, झारपात उखेलेर जस लिने होडबाजी
झारपात उखेल्न पनि निहुरिनै पर्ने हो, फोहोर उठाउन पनि, उठाए हुन्छ त !

भोलिबाट उपत्यकाको फोहोर उठाइने, स्थानीयले अवरोध गरे बल प्रयोग गर्ने चेतावनी
स्थानीयको अवरोध पनि फेरी अझै फोहोर फालेर त हुने होला नि !

माधव नेपाललाई युवराज ज्ञवालीले भने– ‘एमाले त सिध्याउनु होला, तर तपाईंले जित्नुहुन्न’
माधव नेपालको जवाफ – ‘एमाले सिध्याएपछि त जित सुनिश्चित छ नि !’

अमेरिकाले काम नलाग्ने बनाएर छोड्यो दर्जनौं जहाज, तालिबान लडाकु बसे ककपिटमा
आतंककारी मनस्थितीले यात्रु भएर पेसेन्जर सिटमा बस्न दिदैन नि त !

पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री देउवालाई पौडेल पक्षको दबाब
सबलाई मन्त्री खान हतार छ, जनतालाई नि अर्को तमाश हेर्न हतार छ !

किम जोङ उनले घटाए २० किलो तौल
जति तौल घटाएपनि बुद्धि मोटै हो उनको !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com