सिनेमा हल खुले: अनलाईन क्लास पनि त सिनेमा हेरेजस्तै हो !

प्रकाशित मिति: १७ भाद्र २०७८, बिहीबार १०:३५

सर्वोच्चले माग्यो झलनाथ खनाललाई उपचार खर्च दिनुको कारण
कारण – पुरानो मृगौलाले बिद्रोह गर्न गार्हो भएर !

ट्राफिक प्रहरीले शुरु गर्‍यो रातिमा समेत गति नियन्त्रण अभियान
अभियानको नाम ‘तपाईंको धैर्यता खै ?’

तालिबानले भन्यो – ‘नयाँ सरकारमा महिला पनि समावेश हुने; तीन दिनभित्र घोषणा गरिने’
पुरुषलाई नै बुर्का लगाएर महिला भनेर समावेश गराउने अनुमान !

चिनियाँ पाठ्यक्रममा ‘सि चिनफिङ विचारधारा’, पहिलो र दोस्रो ग्रेडमा लिखित परीक्षा लिन नपाइने
कन्फ्यूशियस नै सोच्न थाले जस्तो छन् सि कमरेडलाई !

लकडाउन फेरि थपियोः अब विद्यालय नखुल्ने, फिल्म हल खुल्ने
अनलाइन क्लास भनेको फिलिम हेरेजस्तै त हो नि !

काठमाडौं उपत्यकाको सबै फोहर उठ्न कति समय लाग्छ ?
फेरी फोहोर पार्न लाग्ने समय भन्दा त बढि नै लाग्ला !

तालिबानका शीर्ष नेता मुल्लाह हिब्तुल्लाह सार्वजनिक हुने
भर्खर प्रवेशिका परीक्षा दिएर तीन महिने छुट्टीमा भएका केटाकेटी जस्ता भएका छन् तालिबानेहरु, संसारै मेरो भनेर

माओवादीका दुईजना नेता एमालेमा प्रवेश
कोही काँग्रेस पनि प्रवेश गरिदेउ न, सभापति बन्छौ कि !

ओलीको सर्वोच्चमा दाबीः नेपालको पार्टी नै खारेज गरिपाउँ
घरनिकाला पछिको नयाँ घर पनि ध्वस्त पार्न खोजेपछि पुरानै घरमा छिर्न अनुमती छ त ?

भारतीय फुटबल कप्तान सुनील क्षेत्रीले फेरि भने– ‘नेपाल आउँदा मामाघर आएको जस्तो लागेको छ’
दशैंको बेला आएको भए मामाघरबाट थोरै दक्षिणा पनि पाइन्थ्यो नि त ! 

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com