संसदमा नाराबाजी : बस्नोस् माननीयज्यु, उठ्नोस् माननीयज्यु, सुत्नोस् माननीयज्यु !

प्रकाशित मिति: २३ भाद्र २०७८, बुधबार १९:१५

‘पद र पैसाका लागि लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुन्छ’ : प्रचण्ड
पद र पैसाकालागि नलड्ने भए त राजनीति नै छोडिदिए भैगो नि काम्रेड ! 


जुन जेलबाट फिरौती असुलेको आरोप लागेको थियो, त्यही जेलमा सरुवा गरियो गुन्डा नाइके अभिषेक गिरीलाई
आँफैले पढेको स्कुलमा शिक्षक भएर पढाउन गएजस्तो अनुभव त नहोला ! 


‘एमाले विभाजन भएको होइन, नयाँ जीवनको शुरूवात’ – विष्णु पौडेल
विभाजन नभइ नयाँ पार्टीको जन्म कसरी हुन्छ त ? 


एमालेले चल्न दिएन संसद, नाराबाजी र होहल्ला
नाराबाजी र होहल्ला आफ्ना विद्यार्थी संगठनकालागी छोडिदिउँ न ! 


सुवास नेम्वाङका दुःख : पहिले बस्नुस् माननीयज्यू, अहिले उठ्नुस् माननीयज्यू
उमेर ढल्किसक्यो, अब सुत्नुस् माननीयज्यू !


तालिबानका शिक्षामन्त्रीले भने, ‘पीएचडी र मास्टर डिग्री केही होइन, तालिबानीले १२ पनि पास गरेका छैनन् तरपनि शक्तिशाली’ 
हातमा हतियार हुने शिक्षामन्त्रीको सोच न हो, शक्तिशाली भैहाल्छन् नि ! 


अमेरिकाको ‘मोस्ट वान्टेड’ अफगानिस्तानको गृहमन्त्री
अमेरिकाको ‘मोस्ट वान्टेड’ हुनु ठुलो कुरा हो कि अफगानिस्तानको गृहमन्त्री हुनु ?


तालिवानको नयाँ सरकार पाकिस्तानका लागि जित बन्दा भारतको लागि झट्का किन ?
इतिहास दोहोरिन्छ भनेर हो कि ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com