लिनेलाईभन्दा दिनेलाई हतार, हतारको सम्झौता लतार पतार !

प्रकाशित मिति: २४ भाद्र २०७८, बिहीबार २०:२०

एमसिसीकी उपाध्यक्ष फातिमा सुमार काठमाण्डौमा, नेताहरुसँग भेटघाट गर्दै !
लिनेलाई भन्दा दिनेलाई हतार, हतारको सम्झौता लतार पतार, के हो ?


एमसीसीको विरोध गर्ने क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ
नामै क्रान्तिकारी, विरोध नगरे के गरुन् त ?


ओलीले एमसिसी उपाध्यक्षको टोलीलाई भने – ‘प्रतिपक्षमा छौं, अहिल्यै धारणा बनाउनु हतार हुन्छ’
सरकारमा हुँदा त केही भएन, प्रतिपक्षमा हुँदा झन के होला र ! 


पुरानो बानेश्वरमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि
पुरानो बानेश्वरमा कसले बम राख्ला र, राख्यो भने नयाँ बानेश्वरमा राख्छ, त्यो नि प्रतिनिधि सभाको घर अगाडि !


‘तीजले विद्यमान लैङ्गिक विभेद अन्त्य गरोस्’: प्रदेश प्रमुख कलौनी 
बर्षभरी त नगर्ला तर तीजको दिनचाहिँ पक्कै गर्छ ! 


कुरूप बन्दै वाग्मती, ‘ब्युटिफिकेसन’का नाममा सकियो डेढ अर्ब 
त्यो डेढ अर्ब त्यही बागमतीको पानीमा फालेजस्तै त भएछ नि, हैन त ?


चीनले अफगानिस्तानलाई ३१ मिलियन डलर सहयोग गर्ने
चीनबाट उत्पन्न भएको कोरोनाले नि आतंक फैलाएकै हो, आतंकबादको सहयोग गर्ने नै भए ! 


‘सभामुखको व्यवहार निष्पक्ष हुनुपर्छ’ : योगेश भट्टराई
पार्टीमा लागेर सभामुख भएपछि निष्पक्ष हुन मनले मान्दैन नि त !


उत्तर कोरियामा ग्यास मास्क लगाएका सैनिकको मध्य रातमा परेड, दुब्लो देखिए किम जोङ उन 
दुब्लाएको नदेखुन् भनेर मध्यरातमा परेड गरेको होला हैन ? 

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com