‘नाम सुब्बिनी, क्यारी उभ्भिनी ?’ कसलाई के भनेको होला !

प्रकाशित मिति: २५ भाद्र २०७८, शुक्रबार ११:३६


माननीय चित्र बहादुर केसी एक प्रष्ट वक्ता हुन् । भलै उनका बिचारहरु टिकाउ छन्, खासै बिकाउ छैनन् ! बोल्नका लागि शब्द छान्ने र कुनै विषयलाई मान्ने कुरामा उनि प्राय: प्रष्ट देखिन्छन् । केहि समय अघि उनले ठुला दलका नेताहरुलाई लक्षित गर्दै कटाक्ष गरिएको ‘नाम सुब्बीनी, कसरी उभ्भिने’ भन्ने उखानले मलाई आज निकै झक्झक्यायो ।

एउटा विषय वा कामबाट बहुआयामिक परिणाम देखा पर्यो भने ‘एक तिर दुई सिकार’ भन्ने गरिन्छ  तर, केसीको उखानले त दुई सिकार मात्र होइन, दशौँ बिकारमाथी प्रहार गरेको अनुभूति हुन्छ  ! उक्त उखानको पर्राले क-कसलाई छर्रा लाग्यो होला ? आउनुस्, एकछिन व्यंग्यात्मक विश्लेषण गरौँ न त !

पहिलो कुरा त, जान्नुपर्ने  कुरा केही नजान्ने, जान्दिनँ भन्न कहिल्यै नमान्ने, आफुलाई सानाे पटक्कै नठान्ने, अल्पज्ञानी भैरहने, भयंकरी  रहिरहने मानव प्रबृत्ति प्रति नै औंला उठाएका हुन सक्छन् !

उता नेकपा र एमाले भित्रको बिचित्रको चलचित्र मन्चन भै रहेको बेलाको बोली भएकोले उनले दाहाल, नेपाल र ओली लक्षित लोली पनि पस्किएका हुन सक्छन् !

छँदाखाँदाको सरकार र संसद भंग गरेर ढंग नपुर्याउने ओलीले दुईतिहाइ ल्याएर देखाउछु भन्दा घरभित्र भा- भाइलाई मिलाउन नसक्नेले जनताकोमा जितेर भोट दिलाउन कठिन हुन्छ भन्दै ओलितिर बोलीको गोलि तेर्स्याउदै ‘दौड जित्न कठिन छ भन्ने कुरा खुट्टी देख्दै छाल पाइयो भन्या हुन सक्छ !’

‘प्रचण्डले हामीलाई धेरै बाध्य नपारियोस नत्र भने… !’ भनेको सुनेपछी नत्र भने के गर्छौ र ? लाठीमुंग्री फालिहाल्यौ, रित्तो हात  हिड्न थालि हाल्यौ ! अझै मनमा धेरै डर छ, शक्तिमा पुग्ने रहर छ ! कुरा निकै सुन्याछौँ, मनमा राम्रै गुन्याछौँ ! भुक्नेको टोक्ने आँट हुँदैन, खास्सै नाप्ने छाँट देखिन भनेका हुन सक्छन्  !

माधव नेपालले ‘एमालेरुपी घर ओलीले बनाएको होईन, मैले हो, ओली एक्लै हुन्छन् कोहि हुँदैनन्, केही खराब मान्छेहरु मात्र रहन्छन्, अब ओलीसंग रहन सकिन्न, कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट एकीकृत गर्छु भनेको सुनेपछि केसीले ताला- ‘चाबी जोसँग छ घर उसको हुन्छ, हाम्रा सबै राम्रा हुँदैनन्, राम्रा जति हाम्रा हुँदैनन् भन्ने कुरा बुझ, म्याउँ म्याउँ र भ्याउ भ्याउ एउटै खोरमा अटाउन्नन्, कम्युनिस्टका एकताका कुरा सत्तामा पुग्ने भर्याङ्गमात्र हुन्, पन्ध्र बर्ष पुरै गफ सुनिएकै हो, अब नदिनुस भन्न खोजेका होलान् !

यसर्थ केसीले नेताहरुलाई ‘क्या दिए’ भनेर कार्यकर्ता र जनताले  पनि मुख मिठ्याएको देखेर मुख नमिठ्याए हुन्छ, जुँगामा ताउ नलाए हुन्छ । नेतालाई खराव बनाउने, केही पाए उनकै पुच्छर कन्याउने, नपाउँदा नेतालाई हिलो खन्याउने तपाईंरु पनि हो’ भनेका हुन सक्छन् ! 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com